सुरक्षित सुरक्षा प्रणालीको आवश्यता रहेको विज्ञहरुको भनाई

????????

काठमाडौँ, जेठ २७ गते । प्रविधिको बढ्दो प्रयोगसँगै यस क्षेत्रको सुरक्षा चुनौति बढेको भन्दै सुरक्षित सुरक्षा प्रणालीको आवश्यता रहेको विज्ञहरुले बताउनुभएको छ ।


शनिवार राजधानीमा ईन्फोसेक–नेपालले आयोजना गरेको कार्यक्रममा सूचना प्रविधि विज्ञहरुले यस्तो कुरा औल्याउनु भएको हो । नेपालमा साइवर सुरक्षाको अबस्था भयावह रहेको उल्लेख गर्दै यसप्रति आइसिटी क्षेत्रका विज्ञहरु नै एकजुट भएर साइवर सुरक्षा जनचेतनामा लाग्नुपर्ने खाँचो रहेको छ आइटी विज्ञहरुले भने । साइवर क्राइमका घटनाहरु दिनानुदिन बढिरहेको छ, सरकारको साइवर कानून बारे धेरै मौन छन् । प्रविधि विकास र बिस्तारको होडमा लागिरहदा सूचनाको स्रोत र जनचेतनाको अभाव खट्एिको छ, मिलेर काम गर्ने भन्दा खुट्टा तान्ने प्रबृत्तिको विकास आइसिटी क्षेत्रमा पनि रहेकोले सूचना प्रविधि क्षेत्रमा जनशक्ति नेपालमा हुदा हुदै पनि यसको व्यवस्थापन हुन सकेको छैन । सूचना प्रविधिलाई व्यापार र अवसरको रुपमा हेर्ने प्रबृत्तिले गर्दा सूचना प्रविधिको क्षेत्रमा ठूला ठूला जोखिमहरु बढेर गएको इन्फोसेक नेपालका अध्यक्ष चिरञ्जिवी अधिकारीले बताए । क्यान–अमेरिकाका निवर्तमान अध्यक्ष प्रदिप खनालले नेपालमा समेत प्रविधिको प्रयोग बढेकाले समयमै यस क्षेत्रको जोखिम न्यूनिकरण गर्न सुरक्षा प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । ‘सूचना प्रविधि क्षेत्रमा विश्वव्यापीरुपमै सुरक्षा चुनौति देखिएको छ । नेपालमा समेत यस क्षेत्रको सुरक्षा चुनौतिको न्यूनिकरण गर्न समयमै लाग्नुपर्छ’– खनालले भन्नुभयो ।
अमेरिकामा बसेर नेपालको सुचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै ईन्फोसेक–नेपाल शनिवार एक कार्यक्रमकाबीच खनाललाई सम्मान गरिएको हो ।
उहाँलाई गैर आवसिय नेपालीहरुलाई एकित्रित गरि नेपालको सुचना, संचार तथा प्रविधिको क्षेत्रमा अतुलनिय भूमिका निर्वाह गर्नु भएकोले सम्मान गरिएको ईन्फोसेकका निर्देशक निरञ्जन खकुरेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here