स्मार्टफोनसँग जोडिएका ५ भ्रम र यथार्थ

अहिलेको सोसल मिडियाको जमानामा बजारमा अनेक थरी समाचारहरु भाइरल भइरहेका हुन्छन् । त्यसरी भाइरल हुने सन्दर्भहरुमध्ये कतिपय झुटा तथा नक्कली समेत रहेका हुन्छन् ।

१. हवाइजहाजको यात्रा गर्दा स्मार्टफोन अफ नगरीकनै राख्यो भने मोबाइलको तरंगले जहाजको नेभिगेसन तथा कम्युनिकेसन प्रणालीमा असर पूराउने भएकाले खासगरी जहाज उडान र अवतरण हुँदा मोबाइल् फोन अफ गर्न आग्रह गर्ने गरिएको हो भन्ने मान्यता छ ।आधुनिक जिवनशैलीको अभिन्न पाटो बनिरहेको स्मार्टफोनका बारेमा पनि आम मानिसमा केही भ्रमहरु रहेका छन्, जसको यथार्थसँग कुनै नाता छैन । स्मार्टफोनसँग जोडिएका ७ भ्रम र त्यसको यथार्थ कुरा यस्तो छः

तर यथार्थ कुरा के हो भने आधुनिक विमानहरुमा कम्युनिकेसन तथा नेभिगेसन सिस्टम निकै उत्कृष्ट हुन्छ । जहाजभित्र बसिरहेका सबै मानिसहरुले मोबाइल फोन अन गरेपनि जहाजको यो प्रणालीलाई कुनै असर पर्दैन ।

उडान र अवतरणका क्रममा यात्रुहरुलाई मोबाइल अफ गर्न भन्नुको कारण चाहीँ यात्रुहरु सतर्क होउन् र उडान तथा अवतरणको बेला दिइने सुरक्षा सम्बन्धी जानकारीहरु ध्यानसँग सुनुन् भनेर हो ।

२. मोबाइल फोनका कारणले पेट्रोल पम्पमा आगो लाग्नसक्दछ भन्ने धारणा समेत रहेको छ । वास्तवमा आगोको कुनै फिलिंगोकै कारण नै पेट्रोल पम्पमा आगो लाग्ने हो । यस्तो आगोको फिलिंगो सलाई, लाइटर वा इलेक्टि्रक स्पार्कबाट उठ्नसक्छ, न की तपाइँको मोबाइलको तरंगबाट ।

कहिलेकाहीँ मोबाइल बिगि्रएको र चार्ज गर्दा ब्याट्री पडि्कएर आगो उठेका चाहीँ मोबाइलको आसपास रहेका अन्य चिजमा समेत आगो सल्किन चाहीँ सक्दछ ।

३. मोबाइललाई रातभर चार्जिङमा छाड्दा यसको आयु कम हुन जान्छ र मोबाइल पनि बिगि्रन सक्छ भन्ने मान्यता छ । तर वास्तविक कुरा के हो भने आधुनिक डिभाइसहरुको ब्याट्रीमा एउटा यस्तो प्रणाली हुन्छ जसले ओभर चार्जिङ रोकिदिन्छ । जसका कारण कुनैपनि प्रकारको नोक्सानी हुन पाउँदैन । त्यसैले मोबाइल ब्याट्री फुल चार्ज भैसकेपछि समेत त्यसलाई चार्जिङमै छाडिरहँदा पनि त्यसले कुनै असर पुराउँदैन ।

४. ब्याट्रीको साइज जति ठूलो भयो उति नै ब्याट्री लाइफ धेरै हुन्छ भन्ने धारणा समेत छ । तर मोबाइल फोन होस् वा ल्यापटप वा अरु कुनै ग्याजेट, ब्याट्री लाइफको सिधा सम्बन्ध उक्त डिभाइस्ले कति ब्याट्री खपत गर्दछ भन्ने कुरासँग रहन्छ ।

ब्याट्री लाइफ स्मार्टफोनको स्पेसिफिकेसन्समा निर्भर गर्दछ । डिस्प्ले तथा प्रोसेसिङ युनिटमा समेत यसको असर पर्दछ ।

५. स्मार्टफोन चार्ज गरिरहेको बेला कल गर्दा पडि्कन्छ भन्ने धारणा निकै व्यापक रुपमा रहेको छ । यद्यपि कतिपय घटनामा यस्तो भएको हुनसक्छ, तर त्यो चार्ज गरिरहेको बेला कल गरेका कारणले भएको होइन की ब्याट्रीको खराबीका कारण यस्तो भएको हो ।

स्मार्टफोनसँगै आएको ब्याट्रीको साटो अन्य नक्कली ब्याट्री, नक्कली चार्जर वा फरक ब्याट्री वा चार्जर प्रयोग गर्दा समेत यस्ता घटना हुने गरेका छन् । तर स्मार्टफोनको आफ्नै ब्याट्री तथा चार्जरबाट चार्ज गरिरहँदा फोनमा जति कुरा गरेपनि त्यो पडि्कने भन्ने हुँदैन ।

एजेन्सी

२०७४ जेठ १९ गते १२:३५ मा प्रकाशित

Source:Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here