बुटवलमा पहिलो पटक प्रोग्रामीङ्ग प्रतियोगीता हुने

विज्ञान प्रविधिको अहिलेको आधुनिक युगमा Programming Language, Coding को महत्व सुचना तथा सञ्चार क्षेत्रमा सर्वविदित नै छ ।सुचना तथा सञ्चार क्षेत्रमा केहि योगदान गर्न नेपाली समाज (IT Platform) द्धारा सन्चालित गरिएको हाे । ACM-ICPCसंगठन जस द्धारा वार्षिक रुपमा विभिन्न तहको प्रतियोगिता संसार भरीका विश्वविधालयहरुमा गरिदै आइएको छ । जुन प्रतियोगिता सबै भन्दा ठुलो पुरानो तथा प्रतिष्ठित भएको र यसै वाट प्रेरित भएर यो प्रतियोगिता संचालन गर्न लागिएको हो । यो प्रतियोगिता पश्चिमाञ्चलको बुटवल शहरमा नेपालमै पहिलो पटक गर्न लागिएको हो । यसको मुख्य उद्देश्य भनेको नेपालको सुचना तथा प्रविधी क्षेत्र विकाश गर्न र यस क्षेत्रको वारेमा जनमानस सम्म सुचना फैलाउनु हो । जसले गर्दा नेपालमै दक्ष जनशक्ति उत्पादन गरि देश विकाशमा टेवा पुग्ने छ ।

प्रतियोगिता ५ घण्टाको हुनेछ तथा ७ प्रश्नहरु प्रतियोगिहरुलाई दिईने छ । यि प्रश्नहरु ACM-ICPC को हुबहु हुने छन । हरेक टोलीमा ३ जना प्रतियोगिहरुले भाग लिन पाउने छन् । प्रस्तावित प्रश्नहरुको हल गर्न तल उल्लेखित जुनसुकै Computer Language प्रयोग गर्न पाइने छ । C, C#, C++, Java, PHP, Java Script, Python प्रतियोगितामा दुई दिनको Boot Camp समावेश गरिएको हुनेछ । मिति:-(15-16)असार २०७४ जसको उद्देश्य प्रतियोगिहरुलाई चिनजान गराउने र ट्राईल कक्षको रुपमा दिइने छ।

For more update: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here