जेठ ६ मा ‘वर्डक्याम्प काठमाडौं – २०१७’ हुँदै

Share It On:

३० बैशाख, काठमाडौं ।  संसारको प्रख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने (Open source) सफ्टवेर ‘वर्डप्रेस (WordPress)’ सम्वन्धी एक दिने सेमिनार कार्यक्रम “वर्ड क्याम्प काठमाडौं-२०१७” को आयोजना आगामी जेठ  ६ गते काठमाडौंमा हुने भएको छ ।

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । नेपालमा भने सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह – वर्डप्रेस नेपालद्धारा वर्डक्याम्प पहिलोपटक आयोजना भई प्रत्येक वर्ष आयोजना हुँदै आएको छ ।
यस संस्करणको वर्डक्याम्प माइतीघरस्थित कार्की ब्यान्केटमा आयोजना हुनेछ । कार्यक्रममा एउटा हलमा व्यवहारिक कार्यशाला र अर्कोमा सामुहिक छलफल र विभिन्न बिषयहरुका  बिज्ञहरु द्वारा प्रस्तुतीकरण हुनेछन । कार्यक्रम वर्डप्रेस मा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति/कम्पनि, सूचना प्रबिधिमा करियर बनाउन खोजेका बिधार्थी तथा वर्डप्रेस संग सम्वन्धित व्यक्ति हरु संग समन्ध निर्माणको लागि उपयुक्त हुने आयोजक कमिटीका अर्जुन सिंह ठकुरीले जानकारी दिए ।एक तथ्यांकआनुसार  विश्वका सम्पूर्ण वेबसाईटमध्ये झण्डै ५ मा १ वेबसाईट वर्डप्रेस प्लेटफर्म प्रयोग गरी बनाईएको हुन्छ ।

कार्यक्रममा २५० जनाभन्दा बढीको सहभागिता रहने छ । कार्यक्रमलाई वर्डप्रेसमा काम गरेर सफल विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले प्रयोजन गरेका छन् ।

कार्यक्रममा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरु, साथै केहि विदेशी ख्यातिप्राप्त कम्पनीका वर्डप्रेस विज्ञले समेत अनुभव बाड्ने र विभिन्न बिषयमा प्रस्तुती दिने हुनाले वर्डक्याम्प को यो संस्करण महत्वपुर्ण हुने बताईएको छ ।

संसारभरी नै विभिन्न देश र शहरहरुमा हरेक बर्ष आयोजना हुने वर्डक्याम्पका विभिन्न संस्करणहरुले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने लाखौलाई जोड्ने र  यस क्षेत्रका आफ्नो पेशा / व्यवसाय शुरु गर्न चाहनेहरुको लागि मार्ग निर्देशन दिने गरेको जानकारी पनि ठकुरीले दिए । अनलाईनखबरको सहयोगमा

 


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *