सामसुङ ८ र ८ प्लस पोखरामा, निःशुल्क डाटा र बिमाको सुविधा

२७ वैशाख, पोखरा । सामसुङ मोबाइलको बहुप्रतिक्षित मोडल सामसुङ ८ र सामसुङ ८ प्लस पोखरामा सार्वजनिक भएको छ । यस क्षेत्रको आकारिक बिक्रेता वल्र्ड वाइल्ड कनेक्सनले वल्र्ड भिजन मोबाइल हव चिप्लेढुंगा ओपन हाउस कम्प्लेसमा एक कार्यक्रमका बीच उक्त मोबाइल सार्वजनिक गरिएको हो ।

पहिलो ग्राहक विष्णुबहादुर थापालाई वल्ड वाइड कनेक्सनका प्रवन्ध निर्देशक सुशील कुमार गुरुङले मोबाइल हस्तान्तरण गरी सामसुङ ८ र सामसुङ ८ प्लसको बिक्री शुभारम्भ गरेका हुन् ।

पोखरामा बिक्री शुभारम्भ हुनुभन्दा पहिले नै उक्त मोबाइल ७५ वटा बुकिङ भइसकेको गुरुङले जानकारी दिए ।सामसुङ ८ को मूल्य ८८ हजार ९ सय रुपैयाँ र सामसुङ ८ प्लसको मूल्य ९८ हजार ९ सय रुपैयाँ पर्छ । सामसुङको सबैभन्दा महंगो र सबैभन्दा उत्कृष्ट ब्राण्डका रुपमा यो मोबाइल नेपालमा भित्रिएको हो ।

एस ८ को स्त्रिmन ५.८ इन्च र एस ८ प्लसको स्त्रिmन ६.२ इन्च छ । ‘दुवैमा सामसुङले इन्फिनिटी डिस्प्ले प्रयोग गरेको छ,’ उनले भने, ‘गोरिला ग्लास ५ को प्रयोगले दुवै स्मार्ट फोनको डिस्प्ले आकर्षक बनाएको छ ।’

पानी र धुलो नछिर्ने गरी तयार पारिएको उक्त मोबाइल यस क्षेत्रमा धेरैको रोजाइमा पर्ने गुरुङको विश्वास छ । एस ८ मा ३ हजार एमएएच र एस ८ प्लसमा ३ हजार ५ सय एमएएच व्याट्री प्रयोग गरिएको उनले बताए ।

अगाडिको क्यामरा ८ मेगापिक्सल र पछाडिको क्यामरा १२ मेगापिक्सलको रहेको कम्पनी सुपरभाइजर पूजा ज्वालाले जानकारी दिइन् । ४ जिवी र्‍याम रहेको यो मोबाइलमा आन्तरिक मेमोरी ६४ जिबी छ । ‘दुवै फोनले हाइ डाइनामिक रेन्ड (एचडीआर) लाई सपोर्ट गर्छ,’ उनले भनिन्, ‘यसमा फोटो र भिडियोको गुणस्तर पनि धेरै राम्रो छ ।’

फिङगर पि्रन्टका साथै दुवै स्मार्टफोनलाई आँखा र अनुहारको माध्यमबाट लक अनलक गर्न सकिन्छ । यसमा एण्ड्रोइडको नयाँ भर्सन नगट प्रयोग गरिएको छ ।

नयाँ मोडलको यो मोबाइलको खरिदमा ८ महिनासम्मका लागि हरेक महिला एकएक जिवी एनसेलको डाटा प्याक निःशुल्क उपलब्ध गराइएको छ ।

खरिद गरेको मितिबाट ८ महिनासम्मका लागि बिमाको सुविधा उपलब्ध गराइएको छ । बिमाका लागि सामसुङले शिखर इन्स्योरेन्स कम्पनीसँग साझेदारी गरेको छ ।

२०७४ वैशाख २७ गते १९:१९ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here