होण्डाको नयाँ वर्ष २०८३ अफर: “८३ को सपना, मेरो होण्डा” अन्तर्गत भारी छुट र आकर्षक उपहारहरू
१९ वैशाख, काठमाडौं।
नेपालको सर्वाधिक लोकप्रिय टु-ह्विलर ब्राण्ड होण्डाले नयाँ वर्ष २०८३ को पावन अवसरमा आफ्ना ग्राहकहरूका लागि अत्यन्तै आकर्षक र लाभदायी योजना “८३ को सपना, मेरो होण्डा” सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत होण्डाका बाइक तथा स्कुटर खरिद गर्दा ग्राहकहरूले नगद छुटदेखि लिएर विभिन्न सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
हालै दाङस्थित ललित इन्टरप्राइजेज (Lalit Enterprises) बाट नयाँ Honda Shine DSS खरिद गर्नुभएका सागर खड्का (Mr. Sagar Khadka) ले स्क्र्याच कुपनमार्फत रु. २५,०००/- जित्न सफल हुनुभएको छ। उहाँलाई यस खुसीको अवसरमा हार्दिक बधाई छ।
नयाँ वर्ष २०८३ अफरका मुख्य विशेषताहरू
यस नयाँ वर्षमा होण्डाले ग्राहकहरूको सपना साकार पार्न निम्न अफरहरू ल्याएको छ:
स्क्र्याच कार्डमार्फत नगद उपहार: नयाँ होण्डा बाइक वा स्कुटरको खरिदमा स्क्र्याच कार्ड मार्फत रु. १,००,०००/- सम्म नगद जित्ने गोल्डेन मौका।
७ वर्षसम्म निःशुल्क सर्भिसिङ: मर्मत सम्भारको चिन्ता छोड्नुहोस्, होण्डाले दिँदैछ ७ वर्षसम्म को लामो अवधिको फ्री सर्भिसिङ सुविधा।
होण्डा इजी फाइनान्स (Honda Easy Finance): अब फाइनान्समा बाइक चढ्न झन्झटिलो प्रक्रिया पर्खिनु पर्दैन। मात्र नागरिकताको भरमा सजिलै नयाँ होण्डा घर लैजान सकिनेछ।
इजी एक्सचेन्ज (Easy Exchange): तपाईंसँग भएको कुनै पनि ब्राण्डको पुरानो बाइक वा स्कुटरसँग नयाँ होण्डा साट्न सकिनेछ।
थप विवरण र फाइनान्स पार्टनर
यस योजनाको फाइनान्स पार्टनर स्याकार हायर पर्चेज प्रा. लि. (Syakar Hire Purchase Pvt. Ltd.) रहेको छ, जसले ग्राहकहरूलाई सरल र सुलभ किस्ताबन्दीको सुविधा प्रदान गर्दछ।
होण्डाका चर्चित मोडलहरू जस्तै Dio र Shine लगायतका सबै भेरियन्टमा यो अफर लागू हुनेछ।
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
वेबसाइट: honda.com.np/honda-new-year-offer-2083/
NTC (Toll Free): 166 001 466 32
Ncell: 9801571111
शर्त तथा नियमहरू लागू हुनेछन्।
For more: 2083 Ko Sapana Mero Honda


