बजारमा आयो ‘गुनासो’ एप, अब एपबाटै गर्नुस् गुनासो! केइभ टेक्नोलोजि

काठमाडौं, ६ चैत्र । के तपाईसँग आफ्नो संस्था, कुनै निकाय वा व्यक्तिका सम्बन्धमा गुनासा वा प्रतिक्रिया छन् ?

आफ्ना गुनासाहरूलाई कसरी सम्बन्धित पक्षसम्म पुर्याउने भन्ने बारे के तपाईँ अलमलमा हुनुहुन्छ ? अब धन्दा नमान्नु होस्!

केइभ टेक्नोलोजिजले बिधुतीय माध्ययमद्वारा सजिलो र सरल तरिकाले तपाईँका गुनासाहरूलाई सम्बन्धित सरोकारवाला समक्ष पुर्याउने एप ‘गुनासो’ बजारमा ल्याएको छ ।

‘सुधारका प्रमुख आधारहरू प्रतिक्रिया नै हुन्’ भन्ने नारासहित यस एपले तपाईका गुनासा र प्रतिक्रियाहरूलाई संग्रह गर्ने, व्यवस्थित गर्ने र विश्लेषण गर्ने काम गर्नेछ ।

उद्देश्यहरू:

संस्थाका लागि:

  • तपाईँको संस्थासँग सरोकार राख्ने व्यक्ति वा संस्थाका गुनासा तथा प्रतिक्रिया भेला पार्ने र व्यवस्थित तरिकाले तपाईँ समक्ष पुर्याउने;
  • परम्परागत सुझाव पेटिकालाई आधुनिकीकरण गर्ने;
  • NLP तथा Machine Learning जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरी तपाईँका गुनासा र प्रतिक्रियामाथि प्रसोधन गर्ने;
  • Facebook र Twitter ले प्रदान गर्ने जस्तै इन्टरफेसमा तपाईँ सम्बन्धित गुनासा तथा प्रतिक्रियाहरूलाई देखाउने;
  • जनमानसको असन्तुष्टि ट्र्याक गर्ने;
  • गुनासा तथा प्रतिक्रियालाई सुरक्षित र गोप्य तवरले भेला गर्ने माध्ययम प्रदान गर्ने।

सर्वसाधरण प्रयोगकर्ताका लागि:

  • तपाईँका सरोकार र सुझावहरू व्यवस्थापन पक्षसम्म पुर्याउने;
  • तपाईँको पहिचान नखुलाइकन तपाईँका सरोकार र सुझावहरू व्यवस्थापन पक्षसम्म पुर्याउने;
  • आफ्ना अमूल्य सुझावहरू मार्फत तपाईँसँग सम्बद्ध संस्थालाई सुधार गर्न मद्दत पुर्याउने।

Facebook र Twitter जस्ता सोसल मिडिया चलाएर गुनासा तथा सुझाव दिंदा आम प्रयोगकर्ताले गुनासो पोस्ट गर्ने व्यक्ति वा संस्थाको पहिचान थाहा पाउने समस्या हुन्छ। यसका कारण व्यक्तिगत सम्बन्ध बिग्रने सम्भावना हुनका साथै अन्य समस्या पनि आउन सक्ने हुनसक्छ। यस्ता समस्याको समाधान गुनासो एपले गर्छ।

हाम्रो Gunaso एप अहिले बिटा संस्करणमा छ। यो एपलाई हामीले तीन महिनासम्म नि:शुल्क उपलब्ध गराएका छौं। हामीले अहिले प्रारम्भिक रूपमा गुनासा तथा सुझावहरू भेला पार्न केही प्रतिष्ठित संस्थाहरूलाई समावेश गरेका छौं। तपाईँ पनि Gunaso मा सदस्यता लिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोला।

Gunaso मा कसरी सदस्यता लिने

सदस्यताका लागि आफ्नो पहिचान खुल्ने कागजातसहित हामीलाई सम्पर्क गर्नुहोस्।

Gunaso मा सुझाव तथा प्रतिक्रियाहरू कसरी पोस्ट गर्ने

हाललाई Gunaso वेब ब्राउजरमा तथा PlayStore मा उपलब्ध छ। तपाईँ www.gunaso.online लिंकमा गएर आफ्ना सुझाव तथा प्रतिक्रियाहरू   पोस्ट गर्नसक्नुहुन्छ।

थप अपडेटका लागि:

Facebook मा हामीलाई सेयर र लाइक गर्नुहोला।

www.facebook.com/keivtechnologies

www.facebook.com/gunaso.online

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here