सावधान ! कतै तपाईको बच्चामा यस्तो लत बसेको त छैन ?

आजको युगमा बालबालिका प्रविधिप्रेमी हुनु स्वभाविकै हुनुका साथै यसले हाम्रो जीवनशैलीलाई सहज बनाइदिएको छ । स्मार्टफोन ज्ञान बढाउन, जानकारी जुटाउन, गेम खेल्नका साथै अन्य कामका लागि उपयोगी हुन्छ । आजभोलि साना बालबालिका समेत स्मार्टफोनमा अभ्यस्त छन् । अभिभावकले पनि आफ्ना बालबालिकालाई प्रविधिसँग नजिकिन छुट दिएका छन् । यद्यपि यसको साइट इफेक्ट के छ भने, बालबालिकामा स्मार्टफोनको लत बस्दैछ । हरपल उनीहरु स्मार्टफोनमै रमाउन थालेका छन् । भर्चुअल संसारमा रमाउने उनीहरुलाई यसबाट छुटाउन टाउको दुखाईको बिषय समेत बन्न थालेको छ ।

बालबालिका प्रविधिप्रेमी हुनु स्वभाविक हो तर, लतमा फस्नाले निम्न कुराले असर पार्दछ।

१. सामाजिक एवं पारिवारिक जीवनबाट टाढिन्छ।

२. शारीरिक विकासमा अवरोध।

३. मोटोपन र रोगको शिकार।

४ मानसिक तनाव बढ्छ।

५. आधारभूत योग्यताको प्रयोग हुँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here