लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय र इस्लिङटन कलेज बिच सम्झौतापत्रमा हस्ताक्षर
नेपालको समग्र शिक्षा विकासमा लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयले गरेको योगदानको कदर गर्दै सो विश्वविद्यालय संगको साझेदारीमा इस्लिङटन कलेजले आगामी दिनमा थप नया कार्यक्रम संचालन गर्ने जानकारी गराउदछौ । विश्व विद्यालयसंगको ६ वर्ष लामो सझेदारीको क्रममा हामीले सुचना प्रविधिमा आधारित स्नातक तहको विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेका छौ । सो कार्यक्रमले विश्वविद्यालय र कलेजलाई उच्च स्थानमा पु¥याउन सफल भएको हामीले महसुस गरेका छौ । नेपालमै बसेर बेलायतको शिक्षा अध्ययन गर्न पाउनु नेपाली विद्यार्थीको लागि यो ठुलो अवसर हो । यसै दुइ पक्षीय साझेदारीलाई अझै उचाइम पु¥याउन आज विश्वविद्यालय र इस्लिङटन कलेज बिच निम्न विषयमा सम्झौता भएको जानकारी गराउदछु ।
· इस्लििङटनबाट स्नातक तह सम्पन्न गरी न्युनतम योग्यता पुरा गरेका सम्पुर्ण विद्यार्थीलाई सुचना प्रविधि र व्यवस्थापन संकायमा स्नातकोत्तर तह अध्ययन गर्न ७५प्रतिशत छात्रवृतिको व्यवस्था गरिएको छ । यो तह अध्ययनका लागि विश्वविद्यालयले ५० प्रतिशत छात्रवृति , बाकी मध्य कलेजले २५ प्रतिशत छात्रवृति दिने र बाकी २५ प्रतिशत शुल्क विद्यार्थीले बेहोनुपर्ने छ । यो कार्यक्रम आगामी शैक्षिकसत्रबाट शुरु हुने छ ।
· विश्वविद्यालय र कलेजको सहकार्यमा नेपाल र बेलायत द’बै देशमा एमबिए तहको कक्षा संचालन गरिनेछ । जस अनुसार कलेज र विश्वविद्यालयले एकिकृत पाठ्क्रम तयार गर्नेछ । विश्वविद्यालयले लन्डन र कलेजले नेपालमा भर्ना लिएर अध्यापन गराउने छन् । सो तह अध्ययन गर्न केही समयका लागि नेपालको विद्यार्थी लन्डन र लन्डनको विद्यार्थी नेपाल आउनुपर्ने छ ।
· नेपाली र लन्डनका प्रध्यापकको संयुक्त सुपरभिजनमा नेपाली विद्यार्थीले नेपालमै बसेर विभिन्न क्षेत्रमा विद्यावारिधी (पिएचडी) तहको अध्ययन गर्न पाउनेछन् । विद्यावारिधी (पिएचडी) गर्न चाहने विद्यार्थीले नेपालमै अध्ययन र सोधकार्य गरी अन्तिम वर्षको अध्ययन र मुल्याङकनको लागि मात्र विश्वविद्यालय जानुपर्नेछ ।
आगामी शैक्षिकसत्रबाट इस्लिङटन कलेजले स्नातक तहको मोवाइल एप्लिकेशन डेभलपमेन्ट तहको कक्षा संचालन गर्नेछ ।