डा.सुबेदी द्वारा साईबर सुरक्षा सम्बन्धि चेतनामूलकअन्तरक्रिया कार्यक्रम

डीसीमा डा.सुबेदी द्वारा साईबर सुरक्षा सम्बन्धि चेतनामूलकअन्तरक्रिया कार्यक्रम

 विजय थापा, वाशिंगटन डीसी

dsc09839

डीसी नेपालका संस्थापक तथा साइबर (साङ्गणिक) सुरक्षामा अमेरिकाबाट बिद्या वारिधि गरेका डा. रामहरी सुबेदीले नोवेम्बर २७ तारिख साईबर सुरक्षा सम्बन्धि चेतनामुलक कार्यक्रमको आयोजना गरे l

dsc09823

बिद्या वारिधि डा.सुबेदी ले अन्य विभिन्न स्थानमा यस सम्बन्धि कार्यक्रमको आयोजना गरि सकेका छन् डा.सुबेदी यहि क्षेत्रमा बसोबास गर्ने भएकोले सामाजिक सेवा हेतु उनले पहिलो पटक आफ्नै निवास एनाडोल शहरमा डीसी महानगर क्षेत्रमा बसोबास गर्ने तथा सूचना प्रबिधिका दक्षलाई यस सम्बन्धि आफुले अध्ययन गरेका ,जानेका र ब्यबहारिक रुपमा अनुभव गरेका कुराहरुलाई हिस्सा गरे l

dsc09817

उन्ले जानकारी दिने क्रममा कसरि सामाजिक संजालमा अनाधिकृत प्रवेस (ह्याक) हुन्छ र रोक्ने उपाय बताएका थिए l यसै गरि उन्ले बिधुतिय डाक ( इमेल)मा आक्रमण कसरि हुन्छ बारेमा समेत चर्चा गरेका थिए l उक्त अन्तरक्रियात्मक कार्यक्रममा डा.सुबेदी (बिद्या वारिधि)ले ९५ प्रतिसत नचाहिने विभिन्न ठाउँमा प्रवेश गर्दा अनाधिकृत प्रवेस (ह्याक) हुने बताए l उपस्थित सबैलाई यस कुरामा चनाखो हुन् ध्यानाकर्षण गराए l

dsc09802

उनले अगाडी भने प्रत्येक १ सेकन्डमा १० लाख मानिस साइबर अपराध बाट पिडित हुने बताए l साबर प्रबिधिको विकास चरम पुगेको छ भन्दै उनले उदाहरण दिदै अहिले रोबर्टले घरको कामहरु गर्ने बताए l

dsc09797

उपस्थित सहभागीहरुलाई कसरि प्रयोक्ता नाम (युजरनेम)तथा सांकेतिक शब्द(पास वर्ड ) कसरी परिवर्तन गर्ने ,कसरि विषाणु (भाइरस )हटाउने ,मानिसले अत्यधिक प्रयोग गर्ने संचार उपकरण ,वाईफाईको सांकेतिक शब्द पनि बेला बेलामा परिवर्तन गर्नु पर्ने बताए l ८० प्रतिसत विषाणु बिधुतिय डाक आउने समेत बताए l

dsc09795

जानकारी दिने क्रममा कसैले आकस्मिक भनेर केहि कुराको आपतकालीन रुपमा प्रति उत्तर दिन आग्रह गरेता पनि सावधान अपनाउनु पर्ने र खोल्न नहुने बताए l

dsc09782

यसै गरि गुगलको जिमेलमा कसरि सांकेतिक शब्द परिवर्तन गर्ने बारे जानकारी दिए l गलत सूचना र लोभ्याउने प्रकारका सूचना आएता पनि आफु सतर्कता हुनु पर्ने बताए l कार्यक्रम पश्च्यात डा.रामहरी सुबेदी(बिद्या वारिधि)ले सहभागी सबैलाई प्रमाण पत्र वितरण गरेका थिए l सहभागी हुन् आएका सबैले फाईदाजनक भएको प्रतिकृया दिएका थिए .

Source: enepalese.com