टेलिकमको मोबाईल सेवा आज र भोली अवरुद्ध हुने

काठमाडौं: मंसिर ३

नेपाल टेलिकमले मोवाईल सेवा आज र भोली  अवरुद्ध हुन सक्ने जनाएको छ । कम्पनीको जिएसएम पाोष्टपेड मोबाईल सेवालाई कन्भर्जेन्ट रियल टाइम विलिङ सिस्टममा माइग्रेसन गरिने भएकाले आज  राति ११ बजे देखि भोली सम्म अवरुद्ध हुनसक्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । कम्पनीका वायरलेस सेवा अन्तर्गतका जिएसएम तथा सि डि एम सेवाका भ्वाइस, डाटा, एसएमएस, वाईम्याक्स र रिजार्ज सेवा समेत अवरुद्ध हुन सक्ने टेलिकमले जनाएको छ ।