Guidelines for Usage of DSC in Students, Biplav man Singh

काठमाडौंको नयाँबजारस्थित प्राइम कलेजमा आयोजना भएको दुई दिने आइसिटी मिटअप सम्पन्न भएको छ । हरेक वर्ष प्राइम कलेजको प्रस्तुति र प्राइम आइटी क्लबले आयोजना गरेको मिटअपको यो चौथो श्रंखला हो ।

College Prime

ICT Glamour in Nepal उक्त आयोजनामा विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले उद्घाटन गर्दै  सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विज्ञ, सफ्टवेयर कम्पनी, सूचना संचार प्रविधि व्यावसायी, नीति निर्माता आदि सरोकारवालाहरुलाई सँगै राखेर Emerging Technology for Career Development बिषयमा छलफल गराइएको थियो । यस अन्तर्गत शनिबार पहिलो दिन Internet of things(IOT) and cloud computing विषयमा विषय विज्ञहरु कर्मठ डंगोल, मनिष श्रेष्ठ, रमेश पोखरेल र प्रकाश न्यौपानेबीच प्यानल डिस्कसन गराइएको थियो । भने अर्को सेसनमा नेपाल सर्टिफाइङ कम्पनीका प्रमुख विप्लवमान सिंहले डिजिटल सिग्नेचर विषयमा प्रेजेन्टेशन दिनुभएको थियो । उनले भने, ‘नेपालमा पनि डिजिटल सिग्नेचर लागू सबै सकारी कार्यालयमा लागू हुनु पर्छ। विद्यालयमा आइसिटी शिक्षाको महत्व कायम गरिनुपर्छ र शिक्षक अभिभावकले बेलैमा छोराछोरीको गतिविधिमा ध्यान दिनू जरुरी छ।’  साथै Game Development in Nepal, Artificial Intelligence in Business, Cloud outsourcing, , Importance of SEO, Open source technologies:,Big Data ,Trends and Scope on mobile platforms, विषयमा सेसन सञ्चालन भएको थियो ।

यसैगरी दोस्रो दिनको सेसनमा Pre-accelerator Entrepreneurship, ABC of Marketing, Trends of JavaScript, Career counseling, Scope of Digital Photography, Student’s entrepreneurship विषयमा  सञ्चालन भएको थियो साथै मिटअपकै अवसरमा गरिएको प्राइम आइडिया पिचमा उत्कृष्ट १० बाट क्रमशः Suman Astani, Aditya Shrestha / Krishna Man Maharjan उत्कृष्ट ३ मा पर्न सफल भए ।

 मिटअपका कार्यक्रम संयोजक डिल्लीराज शर्माको अनुसार मिटअपमा दुई दिन गरी करिब एक हजारभन्दा बढी विद्यार्थी, सूचना संचार प्रविधि व्यावसायी, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विज्ञ, सफ्टवेयर कम्पनी सहभागी भएका थिए।