एकाडेमिया र इन्डस्ट्री को ग्याप घटाउने कुरा सम्भव छ ? डिल्ली प्रसाद शर्मा

An exclusive Interview of  Dilli Sharma, A coordinator of ICT Meetup Version 4.0

Technology Expert Nepal

आइसिटी मिटअप (ICT Meet-up v4.0)कस्तो कार्यक्रम हो ?

आइसिटीमिटअप (ICT Meet-up v4.0 ) सूचना तथा संचार प्रविधि क्षेत्रका बिज्ञहरु,सफ्टवेयर कम्पनीहरु,सूचना संचार प्रविधि ब्व्बसाहिक , नीतिनिर्माता, आदि सरोकारवालाहरुलाई संगैराखेर “Emerging Technology for Career Development” बिषयमा छलफल तथा मिटअप गराउने कार्यक्रम हो | यो कार्यक्रम बिद्यार्थीकोलागिमहत्वपुर्णहुने छ किनकि यस कार्यक्रमबाट बिद्यार्थीहरुले आफुहरुले विश्वविध्यालयको पाठयक्रममा के के पढिरहेका र वास्तविक सफ्टवेयर कम्पनीहरुमा कामगर्नको लागि के के कुराको आबस्यकता पर्दोरहेछ र सोहि अनुसार आफुलाई बिकाश गर्नुपर्ने कुराको ज्ञानहुनुको साथै यो दुई दिनको कार्यक्रमबाट उनीहरुलाई सुचना प्रविधिमा उद्धमशिलाताबिकाशको समेत ज्ञान हुन्छ

आइसिटी मिटअप (ICT Meet-up v4.0)कहिले हुदै छ?

आइसिटीमिटअप (ICT Meet-up v4.0 )  यहि जेष्ठ २२ र २३ गते शनिबार र आइतबार (4-5, June, 2016) , प्राइम कलेजमा हुदैछ. उद्घाटन सत्र शनिबार ९:०० बजे हुन्छ तेसपछी १०:०० बजे देखि ५:०० बजे सम्म दुबैदिन sessions हरु चलिरहेका हुन्छन.

 आइसिटी मिटअ पभर्सन .०मा खास के के गर्दै हुनुहुन्छ ?

यो मिटअप, प्राइम कलेजले बिगत ४ बर्ष देखि गर्दै आएको छ र यसपाली यो मिटअप दुई दिन को छ | यस ICT Meet-up V4.0 मा बिशेषगरि ICT सरोकारवालालाई संगै राखेर Panel Discussions तथा बिभिन्न बिषयहरु ३२ भन्दा बढी Sessions हुन्छन |  यसपाली आइसिटीमिटअप २ दिनको छ र ICT का धेरै भन्दा धेरै Issues लाई छलफलमा ल्याउने र एउटा निचोडमा पुराउने आशा लिएका छौ |

दुई दिन सेसन चलाउने कुरा छ,कसरी म्यानेज गर्दे हुनुहुन्छ ?के दुइ दिन फरक विधाका प्रोग्रामहरु हुँदैछन ?

पहिलो दिन सुरुमा Emerging technologies for career development  बिषयमा छलफल ( Panel Discussions) हुन्छ, तेसपछी लगातार दुई हलमा समान्तर Sessions हुन्छन| बिभिन्न विधाहरुजस्तै  Mobile Platform and Apps development, Cyber Crime, Digital Signature, Big Data, Gaming, Cloud Computing , Games Development, Startup and entrepreneurship, Cloud sourcing, Pre-accelerator and entrepreneurship, Innovation, DevOps, JS technology, computer vision, search engine optimization, Programming trends, Prime Idea challenges, Banking career, generation green ,artificial intelligence , CISCOजस्ता आदि Session हरुहुनेछन |

 कार्यक्रमको व्यवस्थापन तथा सहयोग कसरी जुटाइरहनुभएको छ?

यो कार्यक्रमको प्राइम कलेज र प्राइम आई टि क्लब व्यवस्थापनमा भइराखेको छ यस कार्यक्रमको लागि विभिन्न संघसस्थाहरुको विभिन्न रुपमा सहयोगमा रहेको छ | सबैको सहयोग र सद्भावबाटै यो प्रोग्राम नियमित रुपमा हुदै आएको छ |

आइसिटी एकाडेमिया र इन्डस्ट्री को ग्याप घटाउने कुरा छ,कसरी सम्भव छ नेपालमा अहिले नै ?

हाम्रो यो कार्यक्रमको मुख्य उद्देश्यनै एकाडेमिया र इन्डस्ट्रीको ग्याप घटाउने हो | उक्त ग्याप को पहिचान र कसरी त्यो ग्याप घटाउने भन्ने बारेमा केन्द्रित गरि पहिलो दिनको Panel Discussion हुने छ | उक्त Discussion मा सम्बन्धित निकाएका सरोकारवालाहरु संग घनघोर छलफल हुने छ र आशा छ उक्त छलफलले केहि निस्कर्ष निकाल्ने छ| मेरो विचारमा यदि सबैको इच्छा शक्ति भएमा यो सम्भव छ र हुनुपर्छा |

डिल्ली प्रसाद शर्मा

कार्यक्रम संयोजक, प्राइम कलेज