राष्ट्रपतिलाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने पक्राउ

मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकको स्टाटसमार्फत गालीगलौज गर्ने एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बन्दिपुर–३, तनहुँका २० वर्षीय विवेक बानियाँ छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बिहीबार काठमाडौंको कालिमाटीबाट पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्ष जीवन श्रेष्ठले बताए ।
सामाजिक सञ्जालमा गालीगलौज गर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here