माघ ११ देखि हुने क्यान इन्फोटेक हुने, सफ्टवेयरको प्रबर्द्धन गरिने

माघ ११ देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने क्यान इन्फोटेकमा प्रविधिसँग सम्बन्धित बस्तु तथा सेवाको खरिदमा छुट तथा अफरहरु उपलब्ध हुने भएका छन्।

क्यानले नेपाली सफ्टवेयरहरुको प्रबद्र्धन गराउने उदेश्यका साथ छुट्टै सफ्टवेयर प्याभिलिएन निर्माण गरिएको जानकारी समेत दिएको छ । क्यान महासंघका महासचिव रन्जीत कुमार पोदारले नेपाली सफ्टवेयर कम्पनीद्धारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधि प्रदर्शन गर्नका लागि छुट्टै प्याभिलियन निर्माण गरिएको बताए । त्यसैगरि राम लक्ष्मण इन्नोभेशनले समेत आविश्वकार गरेका नयाँ प्रविधिहरु प्रदर्शन गर्नेछन भने सिसिटिभी नेपाल मार्फत लाइभ स्ट्रीमिङ्ग गराउने जानकारी दिईयो ।

माघ ११ गतेदेखि शुरु हुने सो मेलामा कुल २२२ वटा स्टलहरु रहेका छन् । जसमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई शुल्क लाग्ने छैन। तर अन्य सर्वसाधारणहरुलाई १०० र विद्यार्थीहरुलाई ५० रुपैयाँ शुल्क तोकिएको छ।

Download the Press Release:  CAN INFOTECH 2018

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here