इन्टरनेट गर्भनेन्सको बारेमा ‘स्कूल’ आयोजना, इन्टरनेटका विविध विषयमा छलफल

काठमाडौं, ७ माघ । इन्टरनेटलाई सर्वसुलभ बनाउने तथा इन्टरनेटमार्फत आम जनतामा पहुँच बढाउने उदेश्यका साथ आयोजित दुईदिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । इन्टरनेट सोसाइटि नेपालले आयोजना गरेको नेपाल स्कूल अन इन्टरनेट गर्भनेन्स २०१८ (Nepal School on Internet Governance 2018) मा इन्टरनेट र यसले पार्ने प्रभाव, इन्टरनेटसम्मको पहुँच तथा उपलब्धतालगायतका विषयमा छलफल भए ।

नेपालमा पहिलो पटक आयोजित सो कार्यक्रममा इन्टरनेट गर्भनेन्स फोरम नेपालका अध्यक्ष विरेन्द्र प्रसाद मिश्रले इन्टरनेटको प्रयोगमा अवसर र चुनौतीहरु एकैसाथ आउने भन्दै दुवै पक्षले पार्ने असरहरुको बारेमा छलफल गर्नुपर्ने बताए । क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाले सुरक्षित इन्टरनेटलाई कसरी अगाडि बढाउने भन्ने विषयमा ध्यान दिनुपर्ने भन्दै त्यसको लागि सरोकारबालाहरुले जनचेतना जगाउने र सक्रियता देखाउनुपर्ने बताए ।

इन्टरनेट सोसाइटि नेपालका अध्यक्ष विक्रम श्रेष्ठले इन्टरनेट गर्भनेन्सको विषयमा अझैपनि ससक्त बहस हुन नसकेको भन्दै त्यसको बारेमा दक्ष व्यक्तिहरु उत्पादन गरिनुपर्ने बताए । उनले यस्तो कार्यशालाले दक्ष जनशक्ति बढाउने र समावेशी तथा समतामुलक पहुँचमा वृद्धि गर्ने विश्वास व्यक्त गरे ।

दुई दिने सम्मेलनमा इन्टरनेट गर्भनेन्स इको सिस्टम, इन्टरनेटका सिद्धान्तहरु तथा मूल्यहरु, इन्टरनेट अफ थिंग्स, डाटाको सुरक्षा तथा गोपनियतालगायतका विषयहरुमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रमको अवसर पारेर नेपाल स्कूल अन इन्टरनेट गर्भनेन्सको आधिकारिक वेबसाइट sig.org.npसमेत अनावरण गरिएको थियो ।

Source:Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here