पुस १३ गतेदेखि ‘न्युरोड मोबाइल महोत्सव– २०७३ हुने

mobile-expo-2016-nepal

नेपाल मोबाइल व्यवसायी सङ्घले आयोजना गरेको यस महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुनेछ । मोबाइल हबको रूपमा रहेको पाको, न्युरोडमा हुने महोत्सवलाई ‘एनसेलले’ प्रायोजन गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सङ्घले अङ्ग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा नेपालको सबैभन्दा ठूलो र पूरानो मोबाइल केन्द्र, पाको न्युरोडस्थित ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजालगायतका क्षेत्रमा महोत्सवको तयारी पूरा भएको सङ्घका संयोजक पुरूषोत्तम बस्नेतले जानकारी दिए । सङ्घमा हाल पाँचसयबढी व्यावसायी आबद्ध छन् । नेपालीले पनि गुणस्तरीय मोबाइल सेट खरिद गरून र नठगिउन भन्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सबै मोबाइल ब्रान्ड रहने र नयाँ वर्षको अवसरमा मोबाइल खरिदकर्तालाई अधिकतम छुट दिइने संयोजक बस्नेतले बताए ।