सुरक्षा र आधिकारिक पक्षलाई विश्वसनीय बनाउन डिजिटल सिग्नेचरको प्रयोग

Handover DSC

नेपाल प्रहरीमा डिजिटल सिग्नेचर पद्धति विधिवत सञ्चालन

काठमाडौं, १ असार
नेपाल प्रहरीले कार्यालय सञ्चालन पद्धतीलाई ब्यवस्थित र प्रभावकारी बनाउन विद्युतीय कारोबार ऐन, २०६३ को अधिनमा रही डिजिटल सिग्नेचर पद्धति विधिवत संचालनमा ल्याएकोछ ।प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बिहिबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा महानगरीय प्रहरी कार्यालय र पाँच वटै क्षेत्रीय प्रहरी कार्यालयहरुमा डिजिटल सिग्नेचर सहितको सञ्चार पठाई यस पद्धतीको विधिवत उदघाटन गर्नुभयो । साथै प्रहरी महानिरीक्षक अर्याललाई नेपाल सर्टिफाइङ कम्पनी प्रा.लि. थापाथलीका प्रबन्ध निर्देशक पुरुषोत्तम घिमिरेले ७ थान डिजिटल सिग्नेचर किट सोही अवसरमा हस्तान्तरण गर्नुभयो ।

Inauguration of DSC
dsc presentation

प्रहरी महानिरीक्षक अर्याल लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिमा प्रहरी प्रधान कार्यालयमा उक्त प्रा.लि.का किसन पाण्डेले डिजिटल सिग्नेचरको प्रयोग सम्बन्धमा प्रस्तुतिकरण समेत गर्नुभएको थियो । हाल प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय र पाँच वटै क्षेत्रीय प्रहरी कार्यालयहरुमा सञ्चार आदान प्रदानका लागि डिजिटल सिग्नेचरको प्रयोग हुनेछ। प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. राजीब सुब्बा ले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
इ-मेल, इन्टरनेट र लेसपेपर प्रणालीको प्रयोग गरी अधिकांश पत्रहरु आदान प्रदान गरी सूचना व्यवस्थापन गर्दै आएकोमा यस प्रकारको सेवाको सत्यतथ्य प्राविधिक रुपमा थाहा पाउन नसकिने र अनाधिकृत तरिकाले नक्कली पत्र पठाए पनि अफिसियल भएको भ्रम पर्न सक्ने जस्ता चुनौतीलाई हटाई कार्यालय सञ्चालनमा सुरक्षा र आधिकारिक पक्षलाई विश्वसनीय बनाउन डिजिटल सिग्नेचरको प्रयोग अपरिहार्य भएकोले यसको विधिवत सुरुवात गरिएको हो ।
सिग्नेचर पद्धतीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीका प्रशासन तथा सञ्चारतर्फका ४० जना प्रहरी अधिकृत तथा जवानहरुलाई उक्त प्रा.लि.का प्रशिक्षकहरुबाट १/१ दिनको प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here