टुटल र पठाओ एपमार्फत् यात्रु बोक्ने मोटरसाइकलविरुद्ध कारबाही

निजी प्रयोजनका लागि दर्ता भएका धेरै मोटरसाइकलले टुटल र पठाओ जस्ता मोबाइल एपहरू प्रयोग गरी भाडामा यात्रु बोक्ने गरेको भन्दै शनिवारदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही थाल्यो।

टुटल, पठाओ लगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा सात मोटरसाइकललाई कारवाही गरिएको महाशाखाले जनाएको छ । तर, अधिकांशले सामाजिक संजालहरुमा यसको बिरोध गरेका छन् ।

काठमाण्डू उपत्यकामा मोबाइल एप प्रयोग गर्ने उपभोक्ताको सङ्ख्या बढेपछि भाडामा यात्रु बोक्ने मोटरसाइकलहरूको सङ्ख्या धेरै बढेको बताइन्छ।

सार्वजनिक यातायातको अव्यवस्थाले गर्दा राजधानीमा धेरै नेपाली युवाहरूले यो सेवा प्रयोग गर्ने र सवारीसाधन भएकाहरूले फुर्सदमा केही आयआर्जन गर्ने गरेका थिए।

यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका निजी सवारी साधनले उपदफा २ बमोजिम भाडाको यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here