क्लासिक टेकको आउटलेट संख्या १०४ पुग्यो

१६ जेठ, काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेककाे आउटलेट सङ्ख्या एक सय चार पुगेकाे छ । प्रयोगकर्तामैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई निरन्तरता दिएको कम्पनीले पछिल्लाे पटक गैरीधारा, थानकोट, चाबहिल, थली, केराबारी, पुष्पलाल चोक र बुधवारेमा आउटलेट विस्तार गरेकाे हाे । आउटलेट विस्तार गर्दै कम्पनीले ग्राहकलाई अझै गुणस्तर सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।

ग्राहकले कार्यालय नगई क्लासिक टेक एपमार्फत फोन बाट नै इन्टरनेटसम्बन्धी गुनासो, सापटी, महसुल भुक्तानीलगायतका सुविधाहरू लिन सक्नेछन् । कम्पनीले झन्झटमुक्त कारोबार उपलब्ध गराउन अनलाइन भुक्तानीमा सरलता ल्याएको  छ । ग्राहकका लागि सुरक्षित भुक्तानी विकल्पहरूमा क्लासिक टेकले ई–सेवा, फाेन–पे, प्रभु पे, माई–पे, आईएमई पे तथा डेबिट/क्रेडिट कार्ड, नेपाल पे र कनेक्ट आईपीएस जस्ता अग्रणी भुक्तानी प्रदायकहरूसँग साझेदारी गरिसकेकाे छ । अनलाइनबाट भुक्तानी गर्दा ग्राहकलाई आकर्षक क्यासब्याक, बाेनस, छुट र राउटर अपग्रेडकाे याेजनाहरू पनि रहेको छ ।

क्लासिक टेक ग्राहक मोबाइल एप अत्यन्त सुविधा र प्रयोगको सहजतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । प्रयोगकर्ताले यसको सहज इन्टरफेस र सुविधाहरूको विस्तृत शृङ्खलाकाे साथ सहज अनुभवको आनन्द लिन सक्छन् । एपमा गुनासाे दर्ता, पासवर्ड परिवर्तन, म्याक फिल्टर, रेफर, रिचार्ज, स्पीड टेस्ट जस्ता विशेषताहरू रहेका छन् । सपाेर्ट टिकट रजिस्टर गरेको दुई घण्टाभित्र ग्राहकलाई फोन सपोर्ट प्रदान गरिने कम्पनीले जनाएकाे छ ।

नवीनतम प्राविधिक विकासलाई ध्यानमा राख्दै कम्पनीले न्यूनतम मूल्यमा अद्यावधिक प्रविधि ५ गिगाहर्ज डुअल ब्यान्ड राउटर र सेट-टप बक्सहरू प्रदान गर्दै गएको छ, यसले ग्राहकलाई उच्च गतिको इन्टरनेट सुविधा लिन सजह बनाउँछ ।

निर्बाध सहायता सुनिश्चित गर्न क्लासिक टेकले ग्राहकलाई चाैबिस घण्टा/सात दिन सेवा प्रदान गर्दछ। ग्राहकले समर्पित हेल्पलाइन ९८२९२२३०४ मा वा कुनै पनि प्रश्न वा सरोकारका लागि क्लासिक टेककाे टोल फ्री नम्बर १६६००१५०९९९ प्रयाेग गर्न सक्नेछन् । आउँदा दिनमा सहायता र इन्टरनेटकाे गुणस्तर नेपालमा सबैभन्दा राम्रो बनाउने कम्पनीको लक्ष्य छ ।

नयाँ जडानसम्बन्धी जानकारी पाउन ९८०१००४४७७ मा फाेन गर्न वा www.classic.com.np मा गएर जानकारी लिन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here