ओप्पो एफथ्री प्लसः प्रिमियम श्रेणीको सेल्फी स्मार्टफोन

२४ जेठ, काठमाडौं । विश्वको चौथो ठूलो स्मार्टफोन ओप्पोले प्रिमियम श्रेणीमा आफ्नो उपस्थीतिलाई बलियो बनाउँदै लगेको छ ।

ओप्पोले हालै सार्वजनिक गरेको एफथ्री प्लस क्यामेराफोनमार्फत् प्रिमियम श्रेणीको स्मार्टफोनमा आफ्नो बलियो उपस्थीतिको संकेत गरेको छ ।

तथापी, सेल्फी खिच्ने कार्यमा यसको ठूलो आकारले कुनै समस्या सिर्जना नहोस् भन्ने तिरपनि कम्पनीले विशेष ध्यान दिएको छ । साथै, उपकरणमा मेटल यूनिबडी डिजाइनको प्रयोग गरिएको छ । यसले फोनलाई प्रिमियम रुप र अनुभव प्रदान गर्छ ।ओप्पो एफथ्री प्लसमा प्रिमियम लुक्सका लागि पातलो बेजल, पृथक सिक्स स्टि्रङ एण्टिना डिजाइन, मेटल बडी लगायतको प्रयोग गरिएको छ ।
सेल्फी केन्द्रित सेल्फी एकस्पर्ट एफथ्री प्लस सार्वजनिक गर्दै ओप्पोले यसबाट खिचिने तस्विर जत्तिकै उत्कृष्ट क्यामेरा फोन उपलब्ध गराएको छ । बजारमा उपलब्ध अधिकांश स्मार्टफोनमा हुने डिस्प्ले भन्दा तुलनात्मक रुपमा ठूलो स्क्रीन यसमा प्रयोग गरिएको छ ।
यी त फोनलाई प्रिमियम बनाउन सहयोग पुर्‍याउने केही पाटो भए । यस्तै फोनमा रहेका विशेषता जसले गर्दा ओप्पो एफथ्री प्लस प्रिमियम फोन भयो, तिनका बारेमा यहाँ संक्षिप्तमा चर्चा गरिएको छ ।

सीएनसी फिनिससहित उच्च गुणस्तरिय मेटल बडी

फोनलाई हत्केलामा बोक्दा आनन्ददायी अनुभव होस् भन्ने सोचका साथ ओप्पोले एफथ्री प्लसमा उच्च गुणस्तरिय मेटल बडी उपलब्ध गराएको छ । कम्पनीले हरेक फोनको बडी निर्माण गरिँदा सीएनसी (कम्प्युटर न्यूमेरिक कन्ट्रोल) मिलिङ प्रविधिको प्रयोग गर्छ ।

साथै, फोनको पि्रमियम रुप र अनुभव सुनिश्चित गर्न तिनलाई स्यान्ड स्प्रेइङका दूई प्रक्रिया र पोलिसिङका तीन चरण अपनाइन्छ । यसले गर्दा उपकरणमा नदीले चिप्लो पारेका चिल्ला ढुंगामा झैँ बनावत हुन्छ । साथै, उपकरणका किनारालाई गोलाकार दिइन्छ । यसले गर्दा हत्केलामा बोक्दा तिनले विझेको अनुभव दिन पाउँदैन र तस्विर लिने देखि अन्य कार्य सहजै गर्न सकिन्छ ।

सहज प्रयोगका लागि अल्ट्रा स्लिम बेजल र डिजाइन

उपकरणको आकार ठूलो हुँदा यसको स्क्रीन साइजले समस्या उत्पन्न गराउने सम्भावना रहन्छ । उपकरणमा स्क्रीनको आकार ठूलो हुँदा तस्विर, भिडियो लगायत सामग्री हेर्न मज्जा आउने भएतापनि बोक्दा भने झञ्झटिलो हुने सम्भावना रहन्छ ।

समस्याको निवारणका लागि फोनमा रहेका बेजलको आकार न्यूनिकरण एक सशक्त बिकल्पका रुपमा रहन्छ । यही कुरालाई दृष्टिगत गर्दै ओप्पो एफथ्री प्लसमा कम्पनीले १ दशमलव ७८ एमएमको पातलो बेजलको प्रयोग गरेको छ । यसले गर्दा उपकरण खल्तीमा बोकेर हिँड्नु पर्दा सहजताको अनुभव हुन्छ ।

डिस्प्लेमा गोरिल्ला ग्लास फाइभ

ओप्पो एफथ्री प्लसमा ६ ईञ्चको पूर्ण एचडी डिस्प्ले उपलब्ध गरेकोे छ । फोनमा डिजिटाइजर (टच इनपुट पत्ता लगाउने) र एलसीडी डिस्प्लेलाई एकै तहमा विशेष किसिमले समायोजित गरिएको छ ।

यसले गर्दा स्मार्टफोनलाई थप पातलो बनाउन सहयोग मिलेको छ । फलस्वरुप स्मार्टफोन खल्तीमा बोकेर हिँड्न तथा हत्केलामा बोक्न सहज अनुभव हुन्छ ।

साथै, फोनको स्क्रीनलाई थप सुरक्षा प्रदान गर्न यसमा गोरिल्ला ग्लास फाइभको प्रयोग गरिएको छ । यो कोर्निङ प्रोटेक्टिभ ग्लासको सर्वाधिक नयाँ भर्जन हो ।

सदृढ वाइफाइका लागि फोनमा अल्ट्राफाइन सिक्स स्ट्रिङ एण्टेनाको प्रयोग

बाक्लो एण्टेना लाइनको जोडीका स्थानमा ओप्पो एफथ्री प्लसमा तीन लाइनका दुई भागमा विभाजन गरिएका सिक्स अल्ट्राफाइन स्टि्रङ एण्टेनाको प्रयोग गरिएको छ । प्रयोग भएका हरेक लाइन शुन्य दशमलव ३ एमएम बाक्लो छ भने फोनलाई पृथक, आकर्षक र प्रिमियम लुक्स दिएको छ ।

यसका कारण एफथ्री प्लसले ६ भिन्न फ्रिक्वेन्सी रेञ्जमा कार्य गर्न सक्छ । साथै, फोनमा ब्यूल्ट इन वाइफाइ एम्प्िलफायरको प्रयोग गरिएको छ । यसले उपलब्ध वाइफाइ सिग्नल मध्य स्वचालित रुपमा कुनको प्रयोगले उत्कृष्ट प्रदर्शनी प्राप्त गर्न सकिन्छ भनी छनोटपनि गर्न सक्छ ।

फिङ्गर प्रिण्ट स्क्यानरमा यूनिक हाइड्रोफोबिक कोटिङ


अहिले बजारमा उपलब्ध अधिकांश स्मार्टफोनमा फिंगर प्रिण्ट सेन्सरको प्रयोग गरिएको हुन्छ । ओप्पो एफथ्री प्लसमा प्रयोग गरिएको सेन्सरमा हाइड्रोफोबिक कोटिङको प्रयोग गरिएको छ ।

यो कोटिङले कमलको फुलमा रहेको पातले पानी प्रतिरोधात्मक कार्य गरेझैँ कार्य गर्ने क्षमता राख्छ । यसले गर्दा औला भिजेको अवस्थामा समेत सेन्सरले औँठा छापको सटिक पहिचान गरी उत्कृष्ट कार्य प्रदर्शन गर्न सक्छ ।

मूल्य

नेपाली बजारमा कम्पनीले ओप्पो एफथ्री प्लसको मूल्य ५४ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

२०७४ जेठ २४ गते १९:०० मा प्रकाशित

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here