साईबर सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम क्यान झापाले गर्यो

Share It On:

विर्तामोड / साइबर सुरक्षा सम्बन्धि एकदिने सचेतना कार्यक्रम झापाको विर्तामोडमा आज सम्पन्न भएको छ । क्यान फेडेरेशन झापा शाखाको आयोजना तथा इलाका प्रहरी कार्यालय विर्तामोडको सह आयोजनामा कार्यक्रम भएको हो ।

CAN JHAPA PRESIDENT
PRESIDENT CAN JHAPA

कार्यक्रममा विर्तामोड प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले सामाजिक सञ्जालमा हुने आपराधिक घटना र उपायका बारेमा सहजीकरण गरेका थिए । सोही अवसरमा साइबर क्राइम विशेषज्ञ डा.अविजित गुप्ताले साइबर क्राइमका बारेमा प्रकाश पार्दै इन्टरनेटको माध्यमबाट हुने अपराध, सफ्टवेर ह्याकिङ , इमेल ह्याकिङ र त्यसबाट बच्ने उपायका विषयमा सहजीकरण गरेका थिए ।कोइरालाले फेसबुक मार्फत हुने आर्थिक अपाध, साइबर पोर्नोग्राफी, गैरकानुनी ढंगले अर्काको लेख प्रकाशित गर्ने, साइबर स्टाकिङ, जाली नोटको कारोबार, व्ल्याकमेल, यौन शोषण, बदलाको भावना र बेचविखन लगायतका विषयमा प्रहरी कार्यालयमा उजुरी आउने गरेको जानकारी दिदै त्यस्ता गतिविधी गर्नेबाट सजग रहन सुझाव दिएका थिए ।

क्यान झापाका अध्यक्ष लक्ष्मीकान्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोसन बुढाथोकीले स्वागत गरेका थिए । दिपेश पाठकले कार्यक्रमको औचित्य प्रकाश पार्दै इन्टरनेटको प्रयोग बढेसँगै साइबर क्राइमका घटना दिनदिनै बृद्धी हुन थालेको भन्दै साइबर क्राइमका बारेमा जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । अनौपचारिक ढंगले सञ्चालन भएको कार्यक्रमको खुल्ला बहसमा प्रहरी प्रमुख कोइराला, साइबर क्राइम विज्ञ डा. गुप्ता, पत्रकार महासंग झापाका सचिव सञ्तोष आचार्य,गौरादह नगरपालिका प्रमुख रोहित शाह, क्यान झापाका अध्यक्ष खनाल लगायतले सहभागीले सोधेका प्रश्नको जवाफ दिएका थिए ।

क्यान झापाका सदस्य लोकप्रिय खनालले बहसको सहजीकरण गरेका थिए । कार्यक्रममा सुचना प्रविधी, सरकारी निकाय, प्रहरी, शिक्षक लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो ।

Source: Click Here


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *