राष्ट्रिय आविष्कार केन्द्रलाई ज्ञानकुञ्जबाट आर्थिक सहयोग

Share It On:

बनेपा,म्यागासासे पुरस्कारबाट सम्मानित सामाजिक अभियन्ता महाविर पुनलाई ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको पहलमा ५० हजार सहयोग भएको छ ।माघ २२ ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको सभाहलमा आयोजित एक समारोहका बिच पुनलाई रकम हस्तान्तरण गरिएको हो । पुनले नेपालमा आबिष्कार केन्द्र स्थापना गर्ने प्रयास गरेपछि सो प्रयासमा साथ दिन रकम वितरण गरेको प्रतिष्ठानका निर्देशक प्रताप वैद्यले बताए । ज्ञानकुञ्जले २० हजार, लायन्स क्लब अफ काभ्रे बनेपाको १५ हजार, सहकारी पोष्टका प्रकाशक विधान जोशीबाट ५ हजार, लियो क्लब अफ काभ्रे बनेपा ५ हजार र लियो क्लब अफ बनेपाले ५ हजार गरी सहयोग गरिएको वैद्यले जानकारी दिए ।

काभ्रे उद्योग वाणिज्य संघका सचिव कैलाश पलाञ्चोकेले सञ्चालन गरेको कार्यक्रममा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका संचालक प्रताप वैद्य, क्यान महासंघका अध्यक्ष नवराज भुर्तेल र सहकारी पोष्टका विधान जोशी लगायतले बोलेका थिए।उक्त कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघ, आइसिटि फर एग्रीकल्चर कमिटी क्यान महासंघ तथा गभर्नमेन्ट कोअर्डिनेशन कमिटी क्यान महासंघ लगायतले पुनको अभियानमा साथ दिने बताएका थिए । ताररहित ईन्टरसेवा मार्फत ग्रामीण क्षेत्रमा सञ्चारको पँहुच पु¥याएपछि उनी विश्वमानै चर्चित बनेका थिए । पुनले सहयोग रकम लिएपछि राष्ट्रिय आविष्कार केन्द्र छिट्टै पुरा हुने बताए । साथै राष्ट्रिय गौरवको बिषयमा सरकारको मुख ताक्न आवश्यक नरहेकाले देशकै नागरिकसँग सहयोग बटुल्दै हिडेको बताए ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *