मानव आकारको स्मार्ट फोन रोबोट !

Author: Ajay Sharma

संसारकै पहिलो रोबोटिक स्मार्ट फोन जापानको कम्पनी सार्प इलेक्ट्रोनिक्सले सार्वजनिक गरेको छ ।
पकेट साइजको यो ‘रोबोहन’ (Robohon) नामक स्मार्ट फोन हाल जापानमा मात्र बिक्री गरिने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

मानव आकारको यो स्मार्ट फोनको निर्माण जापानको इलेक्ट्रोनिक्स कम्पनी सार्प र इन्जिनियर टोमोटाका ताकाहासीले मिलेर बनाएका हुन् ।
यस स्मार्ट फोनको उचाइ आठ इन्च छ र पछाडितर्फ दुई इन्चको स्क्रिन लगाइएको छ ।  सजिलै कुराकानी गर्ने र हिंड्डुल गर्ने यस रोबोट फोनको अनुहार (फेस) मा क्यामराका साथै प्रोजेक्टरसमेत जडान गरिएको छ ।  हाललाई यसको मूल्य करिब एक हजार आठ सय डलर पर्नेछ ।
यो स्मार्ट फोनले फोर जी एलटीई सपोर्ट गर्ने छ, साथै यस रोबोट स्मार्टफोनले प्रयोगकर्ताको आवाज र अनुहार पहिचान गर्ने क्षमता राख्छ ।  साथै प्रयोगकर्ताको यो मोबाइलमा भ्वाइस कमान्ड दिएरै आफ्नो फोटो समेत खिच्न सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here