प्रभु बैंकद्धारा PBL Mastercard सञ्चालनमा

Share It On:

काठमाडौं, प्रभु बैंक लि.ले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर हकहरुको लागि PBL Mastercard सञ्चालनमा ल्याएको छ । मिति २०७५ पौष २६ गतेकादिन काठमाण्डौस्थित सोल्टी होटेलमा आयोजितएक समारोहमा PBL Mastercard को औपचारिक शुभारम्भ गरी सञ्चालनमा ल्याईएको हो । Digital Payment क्षेत्रमा ख्याति प्राप्त अन्तर्राष्ट्रिय स्तरको कार्ड कम्पनी Mastercard र नेपाल स्थित प्रभु बैंक लि. को साझेदारीमा EMV chip based PBL Mastercard सञ्चालनमा ल्याईएको हो ।

PBL Mastercard को औपचारिक शुभारम्भ समारोह प्रभु बैंक लि. का सञ्चालक समितिकाअध्यक्ष श्री देवि प्रकाश भट्टचन को अध्यक्षतामा भएको थियो । उक्त समारोहमा उपस्थित महानुभावहरुलाई प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनज्यूले स्वागत मन्तव्य राख्नु हुँदै प्रभु बैंकले Mastercard सँगको साझेदारीमा यो कार्ड सेवा सञ्चालनमा ल्याएको तथा यस कार्डबाट प्रभु बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ्ग कारोबार गर्न सक्ने बताउनु भयो । उक्त अवसरमा मास्टर कार्ड दक्षिण एशिया डिभिजन प्रमुख श्री पोरुस सिंहले प्रभु बैंक सँगको साझेदारीमा नेपालमा EMV chip basedPBL Mastercard सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।PBL Mastercard को औपचारिक शुभारम्भ कार्यक्रमको समापन गर्दै प्रभु बैंक लि. का सञ्चालक समितिका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष श्री देवि प्रकाश भट्टचनज्यूले अन्तर्राष्ट्रिय सञ्जाल रहेको Mastercard मुख्य एजेण्टको रुपमा रहेको प्रभु बैंकले भविष्यमा थप सहायक एजेण्टहरु नियुक्त गर्दै जाने योजना रहेको बताउनु भयो । यसबाट प्रभु बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै दुवै कम्पनीले व्यवसायिक सफलता हासिल गर्ने बताउनुभयो ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *