करार सेवामा पदपूर्ति सम्बन्धी राष्ट्रिय सूचना प्रविधि केन्द्रको सूचना

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत राष्ट्रिय सूचना प्रविधि केन्द्रले करार सेवामा पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

‘डीज्यास्टर रिकभरी सेन्टर’ हेटौडामा रिक्त रहेको विभिन्न पदमा चालु आर्थिक वर्षको लागि करार नियुक्ति गरीने भएको हो । आवश्यक पर्ने शैक्षिक योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आउँदो माघ ३ गते सम्म दरखास्त फारम भर्न सकिने बताइएको छ । आवश्यक कर्मचारीहरु निर्देशक १ जना, कम्प्युटर ईन्जिनियर ८ जना, प्रशासकीय अधिकृत १ जना, ईलेक्ट्रिक ईन्जिनियर २ जना रहेका छन् । त्यस्तै सिस्टम एडमिनिस्ट्रेटर १ जना, ईलेक्ट्रीकल टेक्निसियन २ जना आवश्यक छन् । केन्द्रले प्रकाशित गरेको कर्मचारी आवश्यक सम्बन्धी सूचनाका अनुसार १ जना कम्प्युटर टेक्नियिन र २ जना खरिदार पनि आवश्यक छन् ।

दरखास्त दिने स्थान जिल्ला हुलाक कार्यालय पाटनढोका, ललितपुर र राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरवार रहेको छ । परीक्षा लिखित र अन्तर्वार्ता माध्यमबाट लिइने बताइएको छ । परीक्षाको मिति तथा परीक्षा केन्द्र भने पछि मात्रै तोकिने केन्द्रले जनाएको छ । यस सम्बन्धी थप विवरण राष्ट्रिय सूचना प्रविधि केन्द्रले प्रकाशित गरेको तलको करार सेवामा पदपूर्ति सम्बन्धी सूचनामा हेर्न सकिने छ । Deadline : Jan 17 2019

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here