Author: Ajay Sharma
सामसुङले बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज मोबाइलको नयाँ फिचरसहितको स्मार्टफोन सार्वजनिक गरेको छ । त्यसमा पाँचवटा नयाँ फिचर समावेश गरिएको छ । ग्यालेक्सी एस ७ मा ५.१ र ग्यालेक्सी एस ७ एजमा ५.५ इन्चको डिस्प्ले छ । त्यस्तै ¥यामलाई एक जीवी बढाएर ४ जीवी बनाएको छ । यी दुबै स्मार्टफोन एन्ड्रोइडको नयाँ भर्सन ६.१ मार्समाल्लोमा विकास गरिएको छ । यस्ता छन् ५ नयाँ फिचर:
१. ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज मा माइक्रोएसडी कार्ड लाग्छ । यसले २०० गिगाबाइट (जीवी) सम्मको स्टोरेज गर्न मिल्छ ।
२. यि दुई मोबाइल सेटमा ब्याट्री क्षमता पनि पहिलेको भन्दा बढी छ । एकपटक पूरै चार्ज गरेपछि एस ७ एजमा १५ घण्टासम्म हाई डिफिनिसन भिडियो हेर्न सकिन्छ । ब्याट्रीको क्षमता पहिलाको सिरिजभन्दा बढाएर एस ७ मा ३००० एमएच र एस ७ एजमा ३६०० एमएच रहेको छ ।
३. अर्को विशेषता भनेको वाटर रेजिस्टेन्स रेटिङ हो । यसबाट आइपी ६८ वाटर रजिस्टेड रेटिङसमेत मिल्छ । यसको अर्थ हो आधा घण्टासम्म पानीका डुबे पनि यो सेटलाई फरक पर्दैन ।
४. यो स्मार्टफोनमा ‘अलवेज अन डिस्प्ले’को सुविधासमेत छ । यसले स्क्रिन नखोलिकनै समय र नोटिफिकेसनका बारेमा जानकारी दिन्छ ।
५. यसमा ‘गेमिङ प्रविधि’ र रेयर क्यामरा पनि जडान गरिएको छ । गेम खेल्नेहरू र फोटोग्राफी गर्नेहरूले यसको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
यी दुवै मोबाइल दुई रङ्गमा उपलब्ध हुनेछन् । यी दुबै स्मार्टफोन ११ मार्चदेखि बजारमा आउने कम्पनीले जनाएको छ ।