कृषकलाई सूचना दिन नि:शुल्क मोबाइल र सिमकार्ड वितरण

कृषि विकास मन्त्रालयको जलवायु प्रकोप समुत्थान निर्माण आयोजना अन्तर्गत २६ कृषक र १७ पशुपालक किसानलाई सिमसहितको मोबाइल वितरण गरिएको होl

कृषि तथा पशुपालनसम्बन्धी सूचना किसानको हात–हातमा पुर्‍याउन ४३ कृषकलाई नि:शुल्क मोबाइल र सिमकार्ड वितरण गरिएको छ ।
जिल्लाभित्रका अगुवा कृषि, कृषक समू कृषकलाई सूचना दिन नि:शुल्क मोबाइल र सिमकार्ड वितरण

कृषि विकास मन्त्रालयको जलवायु प्रकोप समुत्थान निर्माण आयोजना अन्तर्गत २६ कृषक र १७ पशुपालक किसानलाई सिमसहितको मोबाइल वितरण गरिएको होl
कृषि तथा पशुपालनसम्बन्धी सूचना किसानको हात–हातमा पुर्‍याउन ४३ कृषकलाई नि:शुल्क मोबाइल र सिमकार्ड वितरण गरिएको छ ।
जिल्लाभित्रका अगुवा कृषि, कृषक समूह, सहकारी र रोग, किरा प्रभावित क्षेत्रका किसानलाई वितरण गरिएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।

‘कृषि व्यवस्थापन सूचना प्रणाली’ अन्तर्गत एन्रोएड फोनमा रहने ‘हाम्रो कृषि’ एपमार्फत विभिन्न बाली, मौसम, रोग किरा, प्रविधिबारे जानकारी दिइन्छ ।
कृषकले राखेको जिज्ञासाको समाधान पनि एपमार्फत गरिने व्यवस्था मिलाइएको बाली विकास अधिकृत थर्कबहादुर जीसीले जानकारी दिए । जलवायु परिवर्तन लगायतका विभिन्न जानकारी एसएसएसमार्फत नियमित प्रेषित गरिने उनले जानकारी दिए । आयोजनाले कृषकलाई १४ एमबी डाटा मासिक रूपमा उपलब्ध गराइनेछ ।

ह, सहकारी र रोग, किरा प्रभावित क्षेत्रका किसानलाई वितरण गरिएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।

‘कृषि व्यवस्थापन सूचना प्रणाली’ अन्तर्गत एन्रोएड फोनमा रहने ‘हाम्रो कृषि’ एपमार्फत विभिन्न बाली, मौसम, रोग किरा, प्रविधिबारे जानकारी दिइन्छ ।
कृषकले राखेको जिज्ञासाको समाधान पनि एपमार्फत गरिने व्यवस्था मिलाइएको बाली विकास अधिकृत थर्कबहादुर जीसीले जानकारी दिए । जलवायु परिवर्तन लगायतका विभिन्न जानकारी एसएसएसमार्फत नियमित प्रेषित गरिने उनले जानकारी दिए । आयोजनाले कृषकलाई १४ एमबी डाटा मासिक रूपमा उपलब्ध गराइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here