ओप्पोको डुअल सेल्फी एफथ्री प्लस सार्वजनिक

काठमाडौं- ओप्पोले  काठमाडौंमा बिहीबार नयाँ सेल्फी एक्स्पर्ट एफथ्री प्लस सार्वजनिक गर्दै गु्रप सेल्फी ट्रेन्डको सुरुआत गरेको छ। एफथ्री प्लसमा ब्रान्डको पहिलो डुअल सेल्फी क्यामेरा रहेको जनाउँदै कम्पनीले यसमा एक सय २० डिग्री वाइड एंकलसहितको गु्रप सेल्फी क्यामेरा उपलब्ध रहेको जनाएको छ।

कम्पनीका अनुसार पहिलो चरण अन्तर्गत भारत, इन्डोनेसिया, फिलिपिन्स, भियतनाम र म्यानमारमा कार्यक्रम आयोजना गरी कम्पनीले नयाँ फोन सार्वजनिक गरेको । कार्यक्रममा ओप्पोका लागि नयाँ ब्रान्ड एम्बेसेडर युथ आइकन तथा बलिउड स्टार दिपिका पादुकोण र लोकप्रिय फोटोग्राफर डब्बु रत्नानीले आफ्नो सेल्फी अनुभव पनि साटेका थिए।

कम्पनीले नेपाली बजारमा ओप्पो एफथ्री प्लस बिक्रीका लागि शुक्रबारदेखि प्री बुकिङ सुरु गर्ने जानकारी दिएको छ। यसले क्रान्तिकारी डुअल सेल्फी फ्रन्ट क्यामेरामार्फत उत्कृष्ट र गुणस्तरीय सेल्फी लिन सघाउने कम्पनीको दाबी छ। कम्पनीले नयाँ फोनमा सेल्फीका लागि १६ मेगा पिक्सेल क्षमताको क्यामेराका साथै गु्रप सेल्फीका लागि १ सय २० डिग्री वाइड एंगल लेन्स रहेको भन्दै यसमा रहेको रियर क्यामेरा सोनीसँगको सहकार्यमा विकास गरेको जानकारी दिएको छ।

‘भर्खरै सार्वजनिक एफ सिरिज अन्तर्गतका सेल्फी एक्स्पर्टको साथमा ओप्पो सेल्फी क्रान्तिका लागि उद्योगकै अग्रणी हो,’ ग्लोबल भिपी तथा ओप्पो इन्डियाका अध्यक्ष स्काई लीले भने, ‘हाम्रो ब्रान्ड दक्षिणपूर्वी एसिया तथा विश्वका अन्य क्षेत्रमा तीव्र गतिमा वृद्धि हासिल गरिरहेको छ।’

फोनमा बिल्ट इन स्मार्ट फेसियल रेकग्निसन फिचर उपलब्ध रहेको भन्दै कम्पनीले यसले प्रयोगकर्तालाई तीनभन्दा बढी मानिस फ्रेममा देखिँदा गु्रप सेल्फी मोडको प्रयोग गर्न सघाउँने जनाएको छ। १६ मेगा पिक्सेल क्षमता रियर क्यामेरासहितको यो क्यामेराले तीव्र गतिमा फोकस गर्नुका साथै न्वाइज रिडक्सन तथा कम प्रकाशमा समेत उत्कृष्ट प्रदर्शनी दिने भएकाले क्यामेराले गुणस्तरिय तस्बिर लिन सघाउने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार प्रयोगकर्ताले मात्र पाँच मिनेट ब्याट्री चार्ज गरी दुई घण्टासम्मको टक टाइम पाउन सक्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here