ओपो, च्याम्पियनशिप्स, विम्बलडनको आधिकारिक स्मार्टफोन पार्टनर

बैशाख २३, २०७६, काठमाडौं

अल ईंग्ल्याण्ड लन टेनिस क्लब (एईएलटीसी), संग पार्टनर सिप गर्दै ओपो च्याम्पियनशिप्स, विम्बलडनको पहिलो आधिकारिक स्मार्टफोन पार्टनर र पहिलो एसियाली पार्टनर समेत बन्न सफल भएको छ । वैश्विक रुपमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड, ओपोले पछिल्ला समयमा खेल जगत्मा एफसी बार्सिलोना र ईन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) संग आधिकारिक मोबाइल फोन पार्टनरका रुपमा सहकार्य गरिसकेको छ । यो नयाँ सहकार्यलाई ब्राण्डको टेनिस जगत्मा पहिलो पाइलाका रुपमा लिइएको छ ।
च्याम्पियनशिप्स २०१९ देखि ५ बर्षका लागि गरिएको यो सहमतिले दूई ब्राण्डको सहकार्यले प्रमुख विकासोन्मुखस बजारमा आफ्नो उपस्थिती सुदृढिकरणका लागि उब्जाउने पारस्परिक अवसरको प्रतिनिधित्व गर्छ । विम्बलडन ब्राण्डको सहयोग मार्फत ओपोले यूके र यूरोपेली बजारमा आफ्नो उपस्थितीलाई थप सशक्त बनाउनुका साथै बजारमा आफ्नो दिर्घकालिन लगानीको प्रतिबद्धता प्रदर्शित गर्नेछ । सहकार्यले एईएलटीसीलाई ओपोको उपस्थिती रहेका स्थानमा ब्राण्डको बलियो पहिचान स्थापितगर्न सहयोग मिल्ने छ, विशेषगरी चीनमा ।

विम्बलडनको आदर्श ‘ईन परस्यूट अफ ग्रेटनेस’ र ओपोको उत्पादन मानव प्रबर्तन र डिजाइन प्रतिको प्रतिबद्धतालाई मध्यनजर राख्दै यो पार्टनरशिपको मुख्य अंश च्याम्पियन शिप्समा ओपोको स्मार्टफोन प्रविधिको प्रयोग हुनेछ । ओपोको फ्ल्यागशिप स्मार्टफोन्स फाइण्ड एक्स र नयाँ मोडल रेनोको प्रयोगबाट विम्बलडनको सुन्दरतालाई जीवन्तता प्रदान गर्दै कम्पनीले एकिकृृत र थप सटिक रुपमा वैश्विकस्तरमा उपभोक्तासंग अन्तरक्रिया गर्ने आफ्नो उद्देश्य पूरा गर्ने लक्ष्य लिएको छ । दुई ब्राण्डको यो सहकार्य दर्शाउनका लागि ओपो स्मार्टफोनका माध्यमबाट खिचिएका केही उत्कृष्ट तस्विरहरु ओपो विम्बलडन फोटो ग्यालरीमा समाविस्त गरिने छ । विम्बलडनमा प्रतिस्पर्धा गरिरहेका मध्य विलक्षण प्रदर्शन गर्न सफल यूवा खेलाडीहरुलाई कम्पनीका तर्फबाट ओपो ब्रेक थ्रो अवार्ड पनि प्रदान गरिने जानकारी दिइएको छ ।

ओपोले ब्यवसायिक ग्रास कोर्ट सिजन र एईएलटीसी ग्रास कोर्ट रणनीतिको प्रचारका लागि पनि उल्लेखनिय भूमिका खेल्ने छ । विम्बलडन च्याम्पियन बन्ने लक्ष्य बोकेका जुनियर्सले आफ्नो विकासका लागि हरेक चरणमा ग्रास कोर्टमा खेल्ने अवसर पाउन् भन्नु यसको मुल उद्देश्य हो ।

‘हामी च्याम्पियनशिप्स, विम्बलडनको पहिलो एसियाली पार्टनर बनेको घोषणा गर्न पाउँदा निकै गौरवान्वित छौँ ।च्याम्पियनशिप्स र हाम्रो हाम्रा उत्पादन मानव प्रबर्तन र डिजाइनलाई विशेष प्राथमिकताका साथ पस्कने ब्राण्ड भ्यालु बिच ठूलो समानता छ ।’ ओपोका उपाध्यक्ष ब्रायन शेनले भने ‘यो सहकार्यले यूरोपेली बजारमा हाम्रो विस्तार योजनालाई थप बल प्रदान गर्ने र वैश्विक स्तरमा हाम्रो सन्देश पु¥याउन सघाउनेमा हामी विश्वस्त छौँ । च्याम्पियनशिप्सका आधिकारिक आपूर्तिकर्ताहरुको परिवारमा ओपोको स्वागतगर्न पाउँदा हामी निकै खुसी छौँ । ओपो स्मार्टफोन्सले विम्बलडनको आईकनिक सुन्दरतालाई हाम्रा विश्वभरका दर्शक माझ पस्केको हेर्न हामी निकै आतुर छौँ । एईएलटीसीका कमर्सियल एण्ड मिडिया डिरेक्टर, मिक देसमण्डले भने । पार्टनरसिप घोषणाका लागि अल ईंग्ल्याण्ड क्लबमा आयोजित कार्यक्रममा ओपोका उपाध्यक्ष, ब्रायनशिन र एईएलटीसी कमिटी मेम्बर, टिम हेनम्यान र एईएलटीसीका कमर्सियल र मिडिया डिरेक्टर मिक देसमण्डले औपचारिक हस्ताक्षर गरी गरेका हुन् .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here