विराटनगरमा वैशाख २७ र २८ मा आइसिटी स्टार्टअप मेला हुँदै

ICT Startup and Innovation Mela 2019

काठमाडौं,वैशाख २३

लिभिङ विथ आइसिटीको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको आइसिटी अवार्डको प्रि-इभेन्ट क्याम्पियनको रुपमा देशका विभिन्न स्थानमा ‘फ्युज मेसिन्स आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला २०१९’ हुँदै छ । यस अन्तर्गत विराटनगरमा वैशाख २७ र २८ गते पहिलो मेला हुँदै छ । मेला विराटनगरको होटल इस्टर्न स्टारमा हुने छ ।  मेलामा स्टार्टअप कम्पनीहरुले आफ्ना सेवा र वस्तुको बजारिकरण एवं प्रवद्र्धन गर्ने अवसर पाउने छन् । त्यस्तै मेलाको दोस्रो दिन आइसिटी कन्फ्रेन्स हुने छ ।

स्थानीयस्तरमा रहेका स्टार्टअपहरुलाई प्रवद्र्धन गर्दै अघि बढाउन र विद्यार्थीहरुले बनाएका प्रोजेक्टहरुलाई राम्रो प्लाटफर्म प्रदान गर्ने उद्धेश्यले लिभिङ विथ आइसिटीले ‘फ्युज मेसिन्स आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला २०१९’ आयोजना गरेको हो ।

त्यस्तै प्रदेश ५ अन्तर्गत बुटवलमा जेठ १० र ११ गते मेला आयोजना हुने छ भने प्रदेश ३ अन्तर्गत जेठ १७ र १८ मा नारायणगढमा मेला आयोजना हुने छ । साथै यो मेलामा प्रदेश सरकार, विभिन्न सरकारी निकाय, आइटी कम्पनी, कलेज, आइटी कम्युनिटी, सञ्चारमाध्यम लगायतले सहयोग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here