एप्पलले ल्यायो ६ प्रडक्ट: नयाँ आइप्याड, आइम्याक

एप्पलले एकसाथ ल्यायो ६ प्रडक्ट: नयाँ आइप्याड, आइम्याक देखि अपरेटिङ सिस्टमसम्म

 अमेरिकी कम्पनी एप्पलको सबैभन्दा ठूलो डेभलपर्स इभेन्ट वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्स क्यालिफोर्नियाको सन जोसमा चलिरहेको छ । यस समारोहमा एप्पलका प्रमुख कार्यकारी टिम कुक तथा कार्यकारीहरु क्रेज फडरिगी र फिल शिलरले एप्पल वाच, एप्पल टिभी, म्याकबुक तथा आइफोन लगायतका विषयमा विभिन्न घोषणा गरेका छन् । यस सम्मेलनमा एप्पलले गरेका केही महत्वपूर्ण घोषणा यी हुन्:

१. iOS11 : एप्पलले आफ्नो नयाँ अपरेटिङ सिस्टम आइओएस ११ को घोषणा गरेको छ । यस अपरेटिङ सिस्टममा एप ड्रर नामको नयाँ फिचर रहेको छ । जसबाट प्रयोगकर्ताले आफुले चाहेको एप फटाफट भेटाउन सक्नेछन् । साथै यसलाई आइक्लाउडसँग इन्टिग्रेट गरिएको छ । साथै सिरी प्लाटफर्ममा नयाँ भिजुअल इन्टरफेस जोडिएको छ जसमा अनुवादको फिचर पनि रहेको छ । एप्पलका सफ्टवेयर इन्जिनियरिंगका वरिष्ठ उपाध्यक्ष क्रेग फेडरिगीले आइओएस ११ सार्वजनिक गरेका हुन् ।

यसमा ब्ज्ञण्ह् ँगकष्यल रअउग का साथै न्एग् पनि हुनेछ जसले पूरानो सिपियुको तुलनामा ४० प्रतिशत बढि पर्फमेन्स दिनेछ । यस आइप्याडको ब्याट्री लाइफ १० घण्टाको हुनेछ । यसमा १२ मेगापिक्सेलको क्यामरा सिस्टम हुनेछ, जसले फोर के रिजोलुसन भिडियो खिच्न तथा इडिट गर्न सक्नेछ । फ्रन्ट क्यामरा ७ मेगापिक्सेलको हुनेछ । आइप्याड प्रोका दुई मोडेल हुनेछन्, १०.५ इन्चवाला र १२.९ इन्चवाला । ६४ जिबी स्टोरेज हुने यस आइप्याडमध्ये १०.५ इन्चवालाको मूल्य ६४९ डलर तथा १२.९ इन्चवालाको मूल्य ७९९ डलर हुनेछ ।२. आइप्याड प्रो: १०.५ इन्च डिस्प्लेयुक्त आइप्याड प्रो एप्पलले लञ्च गरेको छ । उत्कृष्ट डिस्प्लेयुक्त यो आइप्याडको डिस्प्लेमा ६०० लष्तक ब्राइटनेस रहेको छ र यसले एचडिआर भिडियो प्लेब्याक सपोर्ट गर्दछ । यसमा एप्पल पेन्सिको पनि उत्कृष्ट ढंगले प्रयोग गर्न सकिने बताइएको छ ।

३. आइम्याक: एप्पलले नयाँ iMac पनि लञ्च गरेको छ । २७ इन्चको फाइभ के रेटिना iMac अब ८ जिबी VRAM को साथमा आउनेछ । यो ल्यापटप भर्चुअल रियालिटी कन्टेन्ट तयार गर्न उपयुक्त हुनेछ । नयाँ आइम्याकमा उत्कृष्ट डिस्प्ले, तिव्र गतिको प्रोसेसर तथा धेरै मेमोरी हुनेछ । यसको मूल्य १०९९ डलरदेखि १७९९ डलरसम्म हुनेछ । यो म्याकबुक पर्यावरणमैत्री भएको दाबी एप्पलको रहेको छ ।

४. आइम्याक प्रो: नयाँ iMac Pro १८ कोर जियोन प्रोसेसरयुक्त हुनेछ । एप्पलका अहिलेसम्मका आइम्याकमध्ये यो सबैभन्दा शक्तिशाली हुनेछ । १६ जिबी VRAM १२८ जिबी इन्टर्नल मेमोरी, ४ टेराबाइट एक्टर्नल मेमोरी हुने यो आइम्याक प्रो आगामी डिसेम्बरदेखि उपलब्ध हुनेछ । यसको सुरुवाती मूल्य ४९९९ डलर हुनेछ ।

५. Home Pod: एप्पलले संगीतप्रेमीहरुका लागि HOM Pod लञ्च गरेको छ । यो एक इन्टेलिजेन्ट स्पीकर हो जसले म्युजिकलार्य आफै एडजस्ट गर्दछ । यसमा ४ इन्चको वूफर तथा A8 चिप रहनेछ । यसको मूल्य ३४९ डलर हुनेछ ।

६. watchOS 4.0: एप्पलले आफ्नो स्मार्टवाच अपरेटिंग सिस्टमको नयाँ भर्सन पनि सार्वजनिक गरेको छ । यसमा कतिपय नयाँ फिचर थप गरिएको छ । एजेन्सी

२०७४ जेठ २५ गते ८:४७ मा प्रकाशित

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here