अब त्रिपुरेश्वरको टेलिकमको सेवा सुन्धाराबाट
त्रिपुरेश्वरमा रहेको नेपाल टेलिकमको मोबाइल ग्राहक सेवा केन्द्र सुन्धारामा सरेको छ।
टेलिकमले त्रिपुरेश्वरबाट प्रदान गर्दै आएको सम्पुर्ण काम अब सुन्धारा कार्यालयबाट प्रदान गर्ने जानकारी दिएको छ। भदौ १ गतेदेखि जिएसएम मोबाइल सम्बन्धित सबै कामका लागि सुन्धारा कार्यालमा सम्पर्क गर्न सकिने टेलिकमले जनाएको छ।

