सुबिसु क्यान कमटेक २०१६ भाद्र २३ गते देखि भृकुटीमण्डपमा शुरु हुने

क्यान महासंघ सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन रहेको यहाँहरु समक्ष अवगत नै छ । क्यान महासंघले विगत २४ वर्ष देखि नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनको लागि विभिन्न किसिमका सेमिनार, कार्यशाला, गोष्ठि, अन्तरक्रिया मार्फत आम जनमानसमा चेतना अभिवृद्धि, विकास एवं विस्तार तथा यस क्षेत्रका विषयगत समस्या समाधानका लागि व्यवसायी तथा सरकारका सम्बन्धीत निकायसँग समन्वय गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रदर्शनी र सम्मेलनहरु गर्दै आईरहेको छ ।
क्यान महासंघले आगामी २०७३ साल भाद्र २३ गते देखि २६ गते (तदनुसार 8-11 September, 2016) सम्म भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा क्यान कमटेक २०१६ (इन्फरमेसन, कम्युनिकेशन र टेक्नोलोजी प्रदर्शनी) आयोजना गर्न लागेको सगौरव जानकारी गरेको छ । । यस पटकको प्रदर्शनीमा सेक्यूरिटी सोलुशन्स कम्पनीहरुका लागि छुट्टै pavilion को व्यवस्था  गरेको छ,  जसलाई हामीले Electronic Security तथा Safety and Solution भन्ने गरेको छ। उक्त pavilion मा अबलोकनकर्ताहरुले Electronic Security तथा Safety and Solution का उपकरणहरु जस्तै   CCTV, Access Control System, Sensor and Alarm, Staff Attendance, Fire and Smoke Detector, Fire Fighter आदि रहने छन । आजको यस २१ औ सताव्दीमा Electronic Security तथा Safety and Solution को आवश्यकता र यसको महत्वलाई ध्यानमा राखेर क्यान महासंघले  छुट्टै pavilion को व्यवस्था गरेको छ । यस pavilion लाई ASPA Nepal सस्थाले  व्यवस्थापन गर्ने समेत जानकारी गरेको छ. त्यस्तै यस संस्करणको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजीलाई जोड दिएका छन् जस अन्तर्गत ब्रोडब्याण्ड ईन्टरनेट सेवामा विशेष शहुलियत सहित High Speed Internet प्रमुख आकर्षण बन्ने छन् .