अब सर्च पेजमा विभिन्न रङमा फन्ट देखिने गरी गुगलले आफ्नो सर्च इन्जिनमा परिवर्तन गर्ने भएको छ। अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार गुगलको नयाँ परिवर्तनमा सर्च गर्दा निलो अक्षरमा आउने लिंकअब कालो अक्षरमा देखिने जनाएको छ।उक्त नयाँ फिचरको परीक्षण भइरहेको छ। उक्त कम्पनीले यस नयाँ फिचरले सर्च बारलाई अझैँ रोचक बनाउने विश्वास लिएको जनाएको छ साथै उक्त फिचर छिट्टै नै सबै प्रयोगकर्ताको पहुँचमा पुग्ने पनि जनाइएको छ।
Copyright @ ICT Frame Magazine Pvt. Ltd. 2013-2024