IT Park Nepal Operation Closed, Discouraging the IT Industry

सञ्चालनमा आएको १ महिना नबित्दै आखिर किन बन्द भयो ‘आइटी पार्क’ ?

IT park Nepal
निर्माण सम्पन्न भएको ११ वर्षपछि सञ्चालनमा आएको काभ्रेस्थित आइटी पार्क पुन: स्थगित गरिएको छ । चैत्र २४ गते एक बिसेष कार्यक्रम गरि २ कम्पनि र एक बिश्वबिध्यालयलाइ १० बर्षको लागि लिजमा दिइएको आइटी पार्क तत्काल संचालन र काम अघि नबढाउनु भन्ने आशयको पत्र सरकारले सम्बन्धित सस्थाहरुलाई पठाएको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सूचना जारी नभएसम्म आइटी पार्क व्यवस्थापन र सञ्चालन सम्बन्धमा कुनै पनि काम अगाडि नबढाउन आइटी विभागले काठमाडौँ बिश्वबिध्यालय, सफ्टेक फाउन्डेशन र क्लाउड फ्याक्ट्रीलाइ पत्र लेखेको छ । यसैअनुरुप आइटी पार्कमा बिजनेश इन्क्युबेशनको काम थालिसकेको काठमाडौं विश्वविद्यालयले हाललाई काम स्थगित गरेको छ
मन्त्रालय स्रोतका अनुसार आइटी पार्क चलाउन सूचना प्रविधिसम्बन्धी वृहत् अनुसन्धान आवश्यक पर्ने र सो कार्यपछि मात्रै आइटी पार्क चलाउने निर्णय भएको छ । विज्ञान मन्त्री र सचिवसँगको छलफलमा पार्कलाई एकीकृत रुपमा विकास गर्न थप अध्ययन गर्ने भन्दै यसअघि भएकको सन्चालन सम्झौता स्थगित गरिएको बताइएको छ । बिज्ञान प्रबिधि मन्त्रालय अन्तर्गतकै आइटी बिभागले गत चैत्र २४ गते ३ कम्पनीहरुलाई १० वर्षको लागि पार्कमा रहेर काम गर्नेगरि सम्झौता गरेको थियो । आफैले सम्झौता गरेको १ महिना नबित्दै पुन पार्क संचालन बन्द गर्न आएको आदेशले संचालनको तयारी गरिरहेका सस्थाहरु अन्व्योलमा परेका छन् ।

विभागका महनिर्देशक मिश्रले यसअघि गरिएकै सम्झौता अनुसार आइटी पार्क चलाइने दाबी गरे । आइटी पार्क चलाउन सुशील कोइराला नेतृत्वको सरकारले गत वर्षको जेठमा सूचना प्रविधि पार्क सञ्चालन र व्यवस्थापनसम्बन्धी मन्त्रि परिषदले निर्देशिका पारित गरेसँगै सार्वजनिक निजी साझेदारीअनुसार काठमाडौं विश्वविद्यालय र दुई निजी कम्पनीलाई छनौट गरी दुईपक्षीय सम्झौता समेत गरिएको थियो ।