अँध्यारोमा फोटोग्राफीका लागि ४ उत्कृष्ट स्मार्टफोन

फोनबाट फोटोग्राफी गर्न कमजोर प्रकाश अर्थात् अँध्यारो एक ठूलो समस्याको रुपमा रहन्छ । स्मार्टफोनको फ्लास लाइट फिचरले यो समस्यालाई कम गर्नमा सहयोगी सावित भएको छ । फोटोग्राफीमा पछिल्लो समय निकै सुधार भएको छ तर यसका बाबजुद लो–लाइट फोटोग्राफी अहिले पनि चुनौतिपूर्ण बनेको छ । तर यी स्मार्टफोनहरु चाहिँ कमजोर प्रकाश अर्थात् अँध्यारोमा फोटोग्राफी गर्नका लागि सबैभन्दा उत्तम विकल्पको रुपमा रहेका छन्ः

१. गुगल पिक्सेल टू/पिक्सेल टू एक्सएलः गुगलले आफ्नो पिक्सेल सिरिज स्मार्टफोनमार्फत उत्कृष्ट फोटोग्राफीको अनुभव दिने बाचा गरेको थियो, जसलाई उसले पूरा गरेको छ । गुगलको पिक्सेल टू/पिक्सेल टू एक्सएल दुवै फोनले लो–लाइट पिक्चर क्वालिटीको मामिलामा राम्रो नतिजा दिइरहेका छन् । दुवै स्मार्टफोनमा क्यामराहरु एकैप्रकारका छन् । यसमा पिक्सेल भिजुअल कोर चिपसेट रहेको छ ।

२. एप्पल आइफोन एक्सः एप्पलको आइफोन एक्समा १२ मेगापिक्सेलको डुअल ब्याक क्यामरा छ । त्यसमा एक सेन्सरसँगै टेलिफोटो लेन्स जोडिएको छ । आइफोन एट प्लसमा पनि यहीँ खालको सेटअप थियो । तर आइफोन एक्स मा टेलिफोटो लेन्ससँगै अप्टिक इमेज स्टेबलाइजेसनका साथै उच्च फोकसयुक्त लेन्स पनि रहेको छ । जसका कारण यो कमजोर प्रकाशमा फोटो खिच्नका लागि उत्तम विकल्पको रुपमा रहेको छ ।

३. सामसुङ ग्यालेक्सी नोट एटः क्यामरा फोनको सेगमेन्टमा सामसुङ शक्तिशाली नाम हो । यसको पछिल्लो फ्लागसिप ग्यालेक्सी नोट एट स्मार्टफोनमा १२ मेगापिक्सेलको डुअल क्यामरा छ । यसले लो लाइट कन्डिसनमा राम्रो फोटा खिच्न सक्दछ ।

४. वनप्लस फाइभ टीः मध्यम मूल्यमा गुणस्तरीय क्यामरा भन्नुपर्छ यसलाई । यो सस्तोमात्र होइन कमजोर प्रकाशमा उच्चस्तरीय फोटोग्राफीका लागि पनि उत्कृष्ट छनोट हुनसक्छ । यो स्मार्टफोन १६ मेगापिक्सेलर २० मेगापिक्सेलको डुअल सेटअपमा छ । यसले कमजोर प्रकाशमा गुणस्तरीय तस्वीर खिच्नसक्दछ । यसको दोश्रो क्यामराले प्रकाश कमजोर भएको अवस्थामा काम गर्दछ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here