भरतराज उप्रेती बोष्टर मिडिया अवार्ड २०७४ बाट सम्मानित

Share It On:

मिडिया अवार्ड २०७४ बाट पत्रकारीता सम्मान आइसिटी पत्रकार (आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष) भरतराज उप्रेतीलाई प्रदान गरिएको छ ।हसाउदै खुशी र ज्ञान बाड्दै मनोक्रान्तिको योद्धा तथा लिडर डा। योगी विकासनन्दको प्रमुख आतिथ्यतामा बोष्टर मिडियाको चौथो वार्षिकोत्सव अवसरमा आइसिटी पत्रकार उप्रेतीलाई सम्मान गरिएको हो ।

धन्यवाद बोष्टर मिडियालाई, विशेष धन्यवाद् मनोक्रान्तिका योद्धा डा. योगी विकासनन्दलाई पत्रकारीता सम्मानबाट सम्मानित गर्नुभएकोमा, आभारी छु बोष्टर मिडिया परिवार अनि बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाप्रति आइसिटी पत्रकार भरतराज उप्रेतीले आफ्नो फेसबुकमा लेखेका छन् ।

कार्यक्रममा ग्रीनसिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डन, बरिष्ठ अभिबक्ता बोर्ण बहादुर कार्की, बरिष्ठ पत्रकार टंक पन्त,  अनेसासको वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, प्याब्सनका केन्द्रिय उपमहासचीव कुमार घिमिरे, जया मल्टिपल कलेजका संस्थापक सदस्य मदन खरेल, बोस्टर मिडियाका सल्लाहकारहरु चित्र बहादुर रसाइली (एमनेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुपका महासचीव), अम्बिका डंगोल (जेनसका नेपाल सञ्चालक), कलाकार सष्मा कार्की, हाइड्रो व्यवसायी, कृष्ण आचार्य, नबीन श्रेष्ठ (व्यवसायी) स्टाण्डर्स चार्टस बैकका सञ्चालक सदस्य निर्मला के.सी., रसाइली बन्धु समाजका अध्यक्ष भविराज रसाइली, कृषि अभियन्ता शिव अधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । शिक्षाविद् भवानी खरेलले शैक्षिक ज्ञानगुनका कुराहरु शेयर गर्दै शिष्टाचार शैलीमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *