नेपालमा ८१ अर्ब ८५ करोडभन्दा बढी एनसेलको लगानी
देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमा ८१ ऋर्ब ८५ करोडभन्दा बढी लगानी गरेको छ। प्रत्येक वर्ष आर्जन गरेको आयलाई उल्लेख्य रुपमा नेपालमै पुनः लगानी गरिरहेको एनसेलले जनाएको छ। एनसेलले देशको कुल ग्राहस्थ उत्पादनमा करिब २ प्रतिशत योगदान पुर्याएको छ भने सरकारको राजश्व ढुकुटीमा पनि प्रत्येक वर्ष कुल ग्राहस्थ उत्पादनको करिब १ प्रतिशत बराबरको योगदान दिएको छ।
एनसेलले हाल करिब ५ सय २५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । आउटसोर्स काम लगायतकाबाट थप १,२७३ जनालाई रोजगारी प्रदान गरेको छ । एनसेलले लाईसेन्स शुल्क,आय कर, रोयल्टि, फ्रिक्वेन्सी शुल्क, ग्रामिण दूरसंचार विकास कोष, दूरसंचार सेवा शुल्क, स्वामित्व शुल्क, मूल्य अभिवृद्धि कर, भुक्तानीमा कर कट्टि, राष्ट्रिय कल्याणकारी कोष लगायतका कर तथा शुल्कका रुपमा हालसम्म सरकारलाई १ सय २९ अर्ब रुपैयाँ बराबरको राजश्व योगदान दिएको जनाएको छ।
यसको अलवा कम्पनीले आईसिटीमा आधारित उद्योगको विकासमा पनि योगदान पुर्याईरहेको छ ।सरकारले एनसेललाई उत्कृष्ट आय करदाताको रुपमा लगातार दास्रो पटक पनि सम्मान गरेको छ । यसको साथ साथै एनसेलले राष्ट्रिय सर्भिस एक्सिलेन्स अवार्ड, ग्राहकमा समर्पित सर्वोत्कृष्ट नेपाली ब्राण्ड अवार्ड, बेष्ट म्यानेज्ड ज्वाईन्ट भेञ्चर कम्पनी अवार्ड लगायतका अवार्ड तथा सम्मानहरु प्राप्त गरेको छ ।

 
                                                                    
 
                                                                     
                                                                    