अमेरिकी ब्रान्ड इन फोकसका स्मार्ट फोन नेपाल भित्रिदै

प्रिज्म टेक्नोलोजीले बहुचर्चित अमेरिकी इलोक्र्टोनिक्स कम्पनि इन फोकसले आफ्ना स्मार्टफोनहरु नेपाल भित्र्याउन तयारी तिब्र पारेको छ। कम्पनिका मार्केटिंग प्रमुख संगीता सिलवाल अनुसार असार अन्तिम साता देखि बिक्रि वितरण सुरु गरिने जानकारी दिनुभयो।  प्रारम्भिक चरणमा मुख्य तया २ वटामोडेल  मोडेल सार्वजनिक गरिनेछ।

एम ८१२ प्रिमियम फोन हो, मेटल डिजाइन उक्त फोनमा ४४० PPI सहितको ५.५ इन्चको फुल एचडी स्क्रीन रहेको छ। यसको रेजुलुशन १९२०x १०८० को पिक्सेल रहेको छ। यो स्मार्टफोनमा कम्पनीले सोनीको आइएमएक्स २८९ सेन्सर भएको १३ मेगापिक्सलको रियर क्यामरा जडान गरेको छ र सेल्फी खिच्न ८ मेगा पिक्सेलको फ्रन्ट क्यामरा समाहित छ।

New Picture

कवालकम स्नयापड्रेगन २.५ गेगाहर्जको क्वाडकोर प्रोसेसर राखेको यो स्मार्टफोनमा ३ जीबी र्याम तथा १६ जीबी इन्टरनल स्टोरेज र १२८ जीबीसम्मको बाहिरी स्टोरेज क्षमता रहेको कम्पनीले जनाएको छ। यसमा २९०० एमएएचको ब्याट्री राखिएको छ। यसका साथै यस स्मार्टफोनले ४ जि पनि सपोर्ट गर्दछ भने यसमा रहेको हाइ स्पिड एलइटीले गर्दा युजरहरुले दु्रत गतिमा डाटा डाउनलोड गर्न तथा वेब पेजहरु खोलन सक्छन् ।

 

एम ६८० भने इन्ट्री लेभलको फोन हो, मेटल डिजाइन उक्त फोनमा ५.५ इन्चको फुल एचडी स्क्रीन रहेको छ।

यसको रेजुलुशन १९२०x १०८० को पिक्सेल रहेको छ। यो स्मार्टफोनमा कम्पनीले सोनीको आइएमएक्स २८९ सेन्सर भएको १३ मेगापिक्सलको रियर क्यामरा जडान गरेको छ। साथै सेल्फी लभरहरुको लागि ८१ डिग्री वाइड एङ्गल सहितको १३ मेगा पिक्सेलको फ्रन्ट क्यामरा समाहित छ।

New Picture
कवालकम स्नयापड्रेगन १.३ गेगाहर्जको अक्टाकोर प्रोसेसर राखेको यो स्मार्टफोनमा २ जीबी र्याम तथा १६ जीबी इन्टरनल स्टोरेज र ६४ जीबीसम्मको बाहिरी स्टोरेज क्षमता रहेको कम्पनीले जनाएको छ। यसमा २६०० एमएएचको ब्याट्री राखिएको छ। यसका साथै यस स्मार्टफोनले ४ जि पनि सपोर्ट गर्दछ भने यसमा रहेको हाइ स्पिड एलइटीले गर्दा युजरहरुले दु्रत गतिमा डाटा डाउनलोड गर्न तथा वेब पेजहरु खोलन सक्छन् ।

प्रिज्म टेक्नोलोजीका हेड बिकाश शाहका अनुसार इन्फोकसका मोबाईल सेटहरु बजारमा भित्रिएपछी अत्याधुनिक क्षेत्रीय सर्भिस सेन्टरहरु र आफ्टर सेल सर्भिसलाई विषेस ध्यान दिईने जनाउनु भएको छ।