नेपालमा ओपो एफनाइन जेड ग्रिन एडिसन सार्वजनिक
‘एफ नाइन का लागि प्राप्त मायाँर सहयोगका लागि हामी समस्त उपभोक्ता प्रति कृतज्ञ छौँ । एफनाइनले नेपाली बजारमा निकै ठूलो सफलता हात पारेको छ । हामीले जेड ग्रिन लिमिटेड एडिसनको डिजाइन विशेषगरी यूवा पुस्तालाई ध्यानमा राखि गरेका छौँ । हामी यूवा पुस्तासंग स्मार्टफोनको माध्यमबाट सम्बन्ध स्थापित गर्छौँ । तसर्थ डिजाइन हाम्रा लागि निकै महत्वको विषय हो’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘ओपोमा हामी हाम्रा उपभोक्ताहरुका लागि नवप्रबर्तनात्मक प्रविधि कायम राख्दै छनोटका विभिन्न विकल्प उपलब्ध गराउन चाहान्छौँ । हाल सम्म प्राविधिक उत्कृष्टता कायम राख्दै सुन्दर कलात्मक उत्पादन दिने कार्यमा हामी सफल रहँदै आइरहेका छौँ । यसैको एक सटिक नमुनाका रुपमा एफनाइन जेड ग्रिन एडिसनलाई लिन सकिन्छ । ’
जेड ग्रिन एडिसनमा एफनाइन मा विद्यमान विशेषताहरु (स्पेसिफिकेसन्स) लाई नै निरन्तर्ता दिइएको छ । यसमा उपलब्ध भोक फ्ल्याश चार्जले ५ मिनेटको चार्जमा २ घण्टा टक टाइमको सुनिश्चितता प्रदान गर्छ । प्रयोगकर्ताद्वारा गरिएका प्रयोग तथा परिक्षणमा भोक फ्ल्याश चार्जले,मात्र ५ मिनेटको चार्जमा सर्वाधिक लामो टक टाइम दिनेप्र माणित भइसकेको छ ।
सार्वजनिक नयाँ एफ नाइन जेड ग्रिनले पनि यो अनुभवलाई निरन्तर्ता दिनेछ तर, नयाँ लुक्समा । जेड ग्रिन भ्यारियण्टले ह्वाइट स्याण्ड बिचेज, सफापानी र लश रेनफोरेस्ट रंगको सम्मिश्रण मार्फत प्राकृतिक पारदर्शि लुक्स प्रदान गरिएको छ ।

 
                                                                    
 
                                                                     
                                                                    