यो मनको चाहन बोलको नयाँ गीत सार्वजनिक
३० भदौ, काठमाडौं ।
तीजको रौनकमा सयौँ गीत र म्युजिक भिडियोहरू सार्वजनिक भइरहँदा, गायक सुरेश लामा र दीपा लामाको आवाजमा सजिएको ‘यो मनको चाहना’ बोलको नयाँ गीत शनिबार सार्वजनिक भएको हो ।
गीतको शब्द डा. दामोदर रेग्मीले लेखेका हुन् भने संगीत डी.बी. लामाको रहेको छ। विशाल निरौलाले एरेन्ज गरेका गीतलाई रञ्जन राईले मिक्सिङ र मास्टरिङ गरेका छन्।
Advertisement
यस गीतको भिडियोमा चर्चित मोडेल तथा नायक प्रभात पल ठकुरी र मोडेल अप्सना बलामीले अभिनय गरेका छन्, जहाँ उनीहरूलाई एकअर्काको प्रेमभाव व्यक्त गर्दै देखाइएको छ।
भिडियोको छायांकन मनोरम प्राकृतिक दृश्यहरूमा गरिएको छ, जसले गीतलाई थप आकर्षक बनाएको छ।
उत्तम शिशिर श्रेष्ठको कन्सेप्ट र निर्देशनमा तयार पारिएको भिडियोको छायांकन सिनेम्याटोग्राफर विशाल थापाले गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन र कलरिङ गरेका छन्। गीतलाई नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको निर्माण टिमले यसलाई दर्शकले मन पराउने विश्वास लिएको छ

