याङ्गो राइड अब चितवनमा: पार्टनर ड्राइभर बनेर महिनाको १ लाखसम्म कमाउने अवसर
२६ वैशाख, काठमाडौं।
ग्लोबल टेक कम्पनी याङ्गो ग्रुपको राइड हेलिङ्ग सेवा याङ्गो राइडले आफ्नो पार्टनर ड्राइभर नेटवर्क प्रोग्राम काठमाडौं बाहिर विस्तार गर्दै चितवन र आसपासका इच्छुक चालकहरूलाई याङ्गो प्रोमा जोडिन आमन्त्रण गरेको छ।
कार्यक्रम चितवनका तीन स्थानमा आयोजना गरिएको थियो, जहाँ याङ्गो नेपाल प्रमुख मेनेजर सन्तोष पान्डे सहित हेडक्वाटर र लोकल टीमका सिनियर अफिसियल्स सहभागी भएका थिए।
कार्यक्रममा चालक दर्ता, अभिमुखीकरण सत्र, अन्तरक्रियात्मक गेमहरू, उपहार वितरण,इन्धन कार्डहरू, ब्रान्डेड ब्यागहरू, क्यापहरू, ब्रान्डेड सामग्रीहरू र खाना स्टलहरू राखिएको थियो।
याङ्गो राइडले एप मार्फत ड्राइभर पार्टनरहरू लाई काम गर्ने समय र माग अनुसार महिनामा रु. १,००,००० सम्म कमाउन सक्ने अवसर रहेको जानकारी दिएको थियो।
याङ्गो नेपाल प्रमुख सन्तोष पान्डसन्तोष पान्डले भनेः “अवसर भूगोलले सीमित हुनु हुँदैन।
चितवनमा यो कार्यक्रम गरेर हामी मेहनती चालकहरूलाई याङ्गो प्लेटफर्म मार्फत राम्रो आम्दानीको सम्भावनासँग जोड्न चाहन्छौं।”
उनले थपे, “यो चितवनका लागि मात्र होइन, नेपालका जुनसुकै ठाउँका इच्छुक व्यक्तिहरू काठमाडौँ आएर हाम्रो पार्टनर अफिसमा सम्पर्क गर्न सक्छन्। हाम्रो लक्ष्य नेपालका सबै प्रमुख शहरहरूमा सेवा विस्तार गर्नु हो।”
यो कार्यक्रम काठमाडौँ बाहिर पनि नेपाली नागरिकहरूलाई आफ्नो समय अनुसार काम गर्ने सुविधा, आत्मनिर्भरता र राम्रो आम्दानी गर्ने अवसर दिन याङ्गोको महत्वपूर्ण कदम हो।
याङ्गो ग्रुपले आवागमन सेवा, डेलिभरी सेवा, खाद्य प्रविधि सेवा, मनोरञ्जन सेवा लगायतका डिजिटल सेवाहरू अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्य पूर्व र दक्षिण एसिया लगायत ३० भन्दा बढी देशहरूमा सञ्चालन गर्दै आएको छ।
For more: Yango Ride Expands Chitwan


