काठमाडौँको भृकुटीमण्डपमा यामाहा ब्लू फेस्ट: १० लाखसम्म क्यासब्याक र आकर्षक एक्सचेन्ज अफर
५ असोज, काठमाडौं।
काठमाडौँको भृकुटीमण्डपमा असोज ५ देखि १० गतेसम्म आयोजना हुँदैछ यामाहाको “ब्लू फेस्ट – द बिगेस्ट एक्सचेन्ज मेला”। ५० भन्दा बढी अनुभवी भ्यालुएटरमार्फत आफ्ना पुराना दुईपांग्रे सवारीको बजारकै उत्कृष्ट मूल्यांकन पाउनुहोस्।
साथै १० लाख रुपैयाँसम्मको क्यासब्याक, नागरिकताकै भरमा तत्काल फाइनान्सिङ र ४० महिनासम्मको सहज ईएमआई सुविधा उपलब्ध छ। स्टन्ट शो, टेस्ट राइड र आकर्षक हाइटेक ग्याजेट जित्ने अवसर नछुटाउनुहोस्!
मेलाले ग्राहकलाई यामाहाका नयाँ पुस्ताका हाइटेक दुईपांग्रे सवारीसाधनमा सहज रूपमा एक्सचेन्ज, अपग्रेड र फाइनान्सिङ गर्ने अवसर प्रदान गर्नेछ।
सम्पूर्ण दुईपांग्रे अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना हुने ब्लू फेस्टमा मोटरसाइकलप्रेमी, परिवार तथा सम्भावित ग्राहकले यामाहाका अपग्रेड गरिएका स्कुटर तथा मोटरसाइकलहरूको रेन्जलाई नजिकबाट अवलोकन गर्न सक्नेछन्।
मेलामा “चंगा चेट” अभियान पनि सार्वजनिक गरिनेछ, जसले देशभरका राइडरलाई आफ्ना पुराना सवारीसाधन एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्न प्रोत्साहित गर्नेछ।
आगन्तुकले आफ्ना पुराना दुईपांग्रे सवारीसाधन मेलास्थलमै ल्याएर तत्काल मूल्यांकन गराउन सक्नेछन्। यसका लागि ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटरको टोली परिचालन गरिनेछ, जसले बजारमा सम्भव भएसम्मको उत्कृष्ट मूल्यांकन सुनिश्चित गर्नेछ।
साथै, १० लाख रुपैयाँसम्मको क्यासब्याक अफरसहित ग्राहकले आफ्नो पुरानो सवारीसाधनबाट नयाँ यामाहामा सहज र छिटो अपग्रेड गर्न सक्नेछन्।
सवारीसाधन खरिदलाई थप सहज बनाउन यामाहाले नागरिकताको आधारमा तत्काल फाइनान्सिङ सुविधा उपलब्ध गराउनेछ। साथै, ४० महिनासम्मको कम ईएमआई योजनाको सुविधा पनि रहनेछ। मेला अवधिभर आयोजना हुने विभिन्न गतिविधिमा सहभागी भएर आगन्तुकले हाइटेक ग्याजेट जित्ने अवसरसमेत पाउनेछन्।
एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने, “हामी ब्लू फेस्टमार्फत् नेपाली राइडरलाई प्रविधि र प्रदर्शनका क्षेत्रमा यामाहाले कायम गरेका विश्वस्तरीय मापदण्डको नजिक ल्याउन प्रतिबद्ध छौं। यसपालिको ब्लू फेस्टमा हामीले ग्राहकका लागि अपग्रेडको प्रक्रियालाई आजसम्मकै सहज र थप लाभदायक बनाउने उद्देश्य राखेका छौं।”
खरिदको अनुभवसँगै ब्लू फेस्टमा ६ दिनसम्म मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन हुनेछन्। आगन्तुकले रोमाञ्चक स्टन्ट शो, टेस्ट राइड, राइडर, क्रिएटर तथा सेलिब्रेटीसँग भेटघाट र आकर्षक कस्प्ले आर्टिस्ट प्रस्तुति हेर्न सक्नेछन्। साथै, मेला अवधिभर विभिन्न डुअर प्राइज र निःशुल्क एसेसरिज पनि उपलब्ध हुनेछन्।
पछिल्ला वर्षहरूमा यामाहा नेपालको ब्लू फेस्ट देशभरका दुईपांग्रे सवारीसाधनप्रेमीका लागि बहुप्रतीक्षित कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ। यस वर्षको संस्करणमा विगतको तुलनामा अझ ठूलो संख्यामा आगन्तुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
इच्छुक ग्राहकले मेलास्थलमा पुगेर प्रत्यक्ष जानकारी लिन सक्नेछन्। थप जानकारीका लागि यामाहा नेपालको एनटीसी नम्बर १६६००१११०४४ वा एनसेल नम्बर ९८०१३४५२४३ मा सम्पर्क गर्न सकिन्छ।
डिलरशिपसम्बन्धी जानकरीका लागि ९८०१०१७३०० मा सम्पर्क गर्न सकिनेछ।
For more: Yamaha Blue Fest 2026

