विराट एक्स्पोको मुख्य प्रायोजकमा Xtreme Energy Drink, उद्यमशीलतालाई ऊर्जा दिने तयारी
५ असोज, काठमाडौं।
विराट एक्स्पोमा Xtreme Energy Drink मुख्य प्रायोजकको रूपमा सहभागी भएको छ। उद्यमशीलता, व्यवसाय विस्तार, नेटवर्किङ र नयाँ अवसरहरू समेट्ने यस एक्स्पोका बारेमा विस्तृत जानकारी लिनुहोस्।
विराट एक्स्पोमा Xtreme Energy Drink मुख्य प्रायोजक. यस वर्ष आयोजना हुने विराट एक्स्पोलाई परम्परागत प्रदर्शनीको दायराभन्दा फराकिलो बनाउँदै उद्यमशीलता, व्यवसाय विस्तार, नेटवर्किङ तथा नयाँ अवसरसँग जोड्ने तयारी गरिएको छ ।
एक्स्पोमा Xtreme Energy Drink मुख्य प्रायोजकका रूपमा सहभागी हुने भएको छ। एक्स्पोलाई Learn & Earn, Build, Connect, Influence, Business Expansion तथा Networking लगायतका गतिविधिसँग जोड्ने तयारी गरिएको आयोजकले जनाएको छ ।
Xtreme को सहभागिता भने मुख्य प्रायोजनमा मात्र सीमित नभई उद्यमी, व्यवसायी, युवा, विद्यार्थी तथा नयाँ पुस्ताका सिर्जनशील सोच र सम्भावनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यमा केन्द्रित रहने जनाइएको छ ।
एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति–निर्मातालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ । आयोजकका अनुसार एक्स्पोमा २ लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ ।
Xtreme Energy Drink ले आफ्नो ब्रान्डको मूल भावनाका रूपमा रहेको ऊर्जा, आत्मविश्वास र अगाडि बढ्ने साहसलाई उद्यमशीलताको भावनासँग जोड्ने जनाएको छ । सहकार्यबाट नेपाली व्यवसायिक समुदाय, युवा पुस्ता तथा उदीयमान उद्यमीहरूसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्राप्त हुने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार एक्स्पोसँगको सहकार्यलाई नयाँ विचारलाई प्रोत्साहन गर्ने, उद्यमीलाई हौसला प्रदान गर्ने तथा सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने पहलका रूपमा अघि बढाइनेछ ।
For more: Xtreme Energy Drink Main Sponsor Sparks Business Innovation

