चाडपर्वको अवसरमा शाओमीको मोबाइल फोनहरुमा बिशेष छुट

xiaomi-nepal-tihar-offer

२५ असोज २०७९ काठमाडौं।

नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडाले भन्नुभयो, “नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा यस चाडपर्वकोे शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । आशा छ यस अफर सँगै यहाँहरुको चाडपर्वको माहोल अझै रोमान्चक बन्ने छ ।”

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा रु. १०००, शाओमी १२ सिरिजमा रु. ३००० र भर्खरै लन्च गरिएको एइऋइ ःछ मा रु. ५०० सम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । सिमित अवधिको लागि मान्य यो अफर असोज २४ गते देखि कार्तिक १४ गते सम्म लागु हुनेछ ।

S No. Product Current Price Temporary Price Cut Scheme Price
1 Redmi Note 11 4/64 23,999 1000 22,999
2 Redmi Note 11 4/128 24,999 1000 23,999
3 Redmi Note 11 6/128 27,999 1000 26,999
4 Redmi Note 11S 6/128 30,999 1000 29,999
5 Redmi Note 11S 8/128 32,999 1000 31,999
6 Redmi Note 11 Pro 6/128 34,999 1000 33,999
7 Redmi Note 11 Pro 8/128 36,999 1000 35,999
8 Redmi Note 11 Pro 5G 6/128 38,499 1000 37,499
9 Redmi Note 11 Pro 5G 8/128 41,499 1000 40,499
10 Redmi 10A 2/32 13,999 700 13,299
11 Xiaomi 12X 8/256 71,999 3000 68,999
12 Xiaomi 12 8/256 87,999 3000 84,999
13 POCO M5 4/64 20,499 500 19,999
14 POCO M5 6/128 24,499 500 23,999

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here