शाओमीद्वारा नेपालमा मी १० र मी नोट १० लाइट सार्वजनिक

Xiaomi launches Mi 10 and Mi Note 10 Lite in Nepal

काठमाडौं, १७ जेठ २०७७

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा मी सीरीजमा दुई फ्ल्यागशिप स्मार्टफोन मी-नोट १० लाइट र मी-१० लन्च गर्ने घोषणा गरेको छ। मी-१० नेपालका लागि पहिलो र सबैभन्दा नयाँ स्मार्टफोनको प्रीमियम फ्ल्यागशिप हो जसमा १०८ मेगा पिक्सल क्वाड क्यामेरा सेटअप, ५ जी कनेक्टिभीटिका लागि क्वालकम स्न्यापड्रेगन ८६५ मोबाइल प्लाटफर्म, थ्री डी कव्र्ड एमोलेड डिस्प्ले, शक्तिशाली ४७८० एमएएच ब्याट्री, र ३० वाट्ट वायरलेस चार्जिंग रहेको छ। मी नोट १० लाइटले ६.४७ इन्च एमोलेड डिस्प्ले, भर्सटाइल ६४ एमपी क्वाड क्यामेरा सेटअप, शक्तिशाली क्वालकम स्न्यापड्रेगन ७३० जी एसओसी र ठूलो क्षमता भएको ५२६० एमएएच ब्याट्री प्रदान गर्दछ। दुबै उत्पादनहरूले उत्कृष्ट विशेषताहरुको चयन गर्दै प्रीमियम स्मार्टफोन अनुभवको नयाँ उचाइहरूको प्रस्ताव गर्दछन्।
१०८ एमपी क्वाड क्यामेरा सेटअपको साथ मी १०
यो उपकरण चरम शक्ति दक्षता र प्रदर्शनको लागि आँठ क्रायो ५८५ कोर संग पछिल्लो फ्ल्यागशिप क्वालकम स्न्यापड्रगन ८६५ चिपसेट द्वारा संचालित छ। यसमा छिटो ५जी कनेक्टिभीटीको लागि एक्स ५५ मोडेम रहेको छ, र एकै पटकमा तीन नेटवर्कहरू (२.४ जीएचजेड वाईफाई, ५ जीएचजेड वाईफाई र मोबाइल डाटा) एकैसाथ जडानको लागि ५ जी मल्टिलिंक समर्थन गर्दछ।
८ जीबी -र्याम र १२८ जीबी वा २५६ जीबी रोमको साथ, मी १० ले द्रुत प्रतिक्रिया र एक अल्ट्रा—स्मुद अपरेटिंग अनुभव प्रदान गर्दछ। सबैभन्दा परिष्कृत कुलिंग प्रणालीको साथ जोडिएको मी १० ले लिक्विड कूल २.० प्रयोग गर्दछ जुन ठूलो भ्यापर च्याम्बर समावेश भएको, साथै स्थिर पिक पर्फमेन्स सुनिश्चित गर्न र तातोलाई हटाउनका लागि मल्टि—लेयर ग्रेफाइट र ग्राफिन स्ट्याक्स भएको एक उन्नत कूलिंग प्रणाली हो।
मी १० ले ओआईएस सक्षम १०८ एमपी क्वाड रियर क्यामेरा सेटअपको साथ स्मार्टफोन फोटोग्राफी र भिडियोग्राफी पुनःपरिभाषित गर्दछ। प्रयोगकर्ताहरूले १०८ एमपी प्राइमरी सेन्सरको साथ नाङ्गो आँखा नदेखिने विवरणहरूको अल्ट्रा—क्लियर शटहरू पनि खिच्न सक्छन् र १२३ डिग्री एफओभीको साथ १३ एमपीको अल्ट्रा—वाइड एङ्गल लेन्सका माध्यमबाट वस्तुहरुको पूर्ण दृश्य अनुभव गर्न सक्दछन्। समर्पित म्याक्रो लेन्सले प्रयोगकर्ताहरूलाई विविड क्लोज—अप शट लिन मद्दत गर्दछ, जबकि डेप्थ सेन्सरले प्राथमिक सेन्सरलाई पोट्रेटका लागि चिल्लो बोकेह मोड बनाउन मद्दत गर्दछ। मी १० ले ३० एफपीएसमा यूएचडी ८ के भिडियो रेकर्डिंग समर्थन गर्दछ।
मी १० मा भएका आरएडब्लू र लग मोडहरूले सिर्जनाकर्ताहरूलाई उनीहरूले सिर्जना गरेको कन्टेन्टको प्रत्येक अंशमा विशाल नियन्त्रण प्रदान गर्दछ। प्रो भिडियो मोड सुविधाहरू जस्तै कलर फोकस र स्टिडी शूट प्रत्येक प्रयोगकर्ताभित्र भएको फिल्म निर्मातालाई सिर्जना गर्न डिजाइन गरिएको हो।
मी १० सुन्दर डिजाईन र भर्सटाइल कार्यक्षमताको पूर्ण संयोजन हो, एक चम्किलो १६.९ सीएम (६.६७ इन्च) थ्री डी कव्र्ड एमोलेड एज—टु—एज डटडिस्प्लेको साथ कलर टेक्नोलोजीले रंगको शुद्धताको उच्च डिग्रीको साथ चित्रहरू पुनःउत्पादन गर्न अनुमति दिन्छ। यसको थ्रीडी कव्र्ड ग्लास डिजाईन र यथार्थवादी ह्याप्टिक प्रणालीले आरामदायी इन—ह्यान्ड महसुश गराउँन र १५० फरक परिदृश्यहरूको लागि परिष्कृत ह्याप्टिक प्रतिक्रिया सुनिश्चित गर्दछ। यस उपकरणको अगाडि र पछाडि कर्नींग गोरिला ग्लास ५ को एक मजबूत निर्माण रहेको छ।

मी १० ले ३० वाट्ट वायर्ड चार्जिंग र विश्वको सब भन्दा छिटो ३० वाट्टको वायरलेस चार्जिंग प्रदान गर्दछ। यसले प्रयोगकर्ताहरूलाई जहाँसुकै अन्य उपकरणहरू चार्ज गर्न अनुमति दिँदै रिभर्स वायरलेस चार्जलाई पनि समर्थन गर्दछ। शानदार चार्जिंग गतिको साथसाथै, मी १० ठूलो ४७८० एमएएच ब्याट्री र ३० वाट्ट फास्ट चार्जर इन—बक्सको साथ आउँदछ।

मी नोट १० लाइट
फस्ट क्लास ६.४७ इन्च थ्री ठी कव्र्ड एमोलेड डिस्प्ले र पछाडि थ्री डी कव्र्ड ग्लास भएको मी नोट १० लाइटले एक प्रीमियम इन—ह्यान्ड महशुस गर्दछ। चार कुनामा स्मुद कर्भड् र टेपर्ड एजको साथ, मी नोट १० लाइटले उत्कृष्ट यगतकतबलमष्लन ९१.४५ स्क्रीन—टु बडी अनुपात दिन्छ जुन निश्चित रूपमा यसको इमर्सिभ दृश्य अनुभवको साथ आश्चर्यचकित पार्दछ।
इन—स्क्रिन फिंगरप्रिन्ट डिटेक्टर सेन्सर अब पातलो छ, यद्यपि अत्यधिक प्रतिक्रियाशील भएकाले तपाइँलाई तत्कालै एक झप्कोमा आफ्नो दैनिक तालिका अनलक गर्न अनुमति दिन्छ। दुबै उपकरणको अगाडि र पछाडि कोर्निंग गोरिला ग्लास ५ द्वारा सुरक्षित गरिएको छ।
यस उपकरणले उत्कृष्ट गुणस्तरको क्यामेरा क्षमताहरू पनि प्रदान गर्दछ। यसको बहउपयोगी ६४ एमपी क्वाड क्यामेरा सेटिंग र उद्योगकै अग्रणी सोनी आईएमएक्स ६८६ सेन्सरलाई छिटो तस्विरहरूको लागि, र अल्ट्रा—वाइड एङ्गल फोटोहरूको लागि समर्पित सेन्सरहरू, नजिकको म्याक्रो शटहरू, र भव्य चित्रहरूको प्याक प्रदान गर्दछ। ९६० एफपीएस स्लो मोशन क्याप्चर, ४ के भिडियो शूटिंग र भ्लग मोड जस्ता प्रेरणादायक कार्यहरूको साथ साथ, मी नोट १० लाइटले तपाईंको दिन र रातको उत्तम पलहरु खिच्नका लागि उत्कृष्ट उपकरण प्रदान गर्दछ।
कार्य सम्पादनको फ्रन्टमा,मी नोट १० लाइटले क्वालकम स्न्यापड्रेगन ७३० जी मोबाइल प्लेटफर्म र ८ एनएम प्रोसेस टेक्नोलोजीको साथ तपाईंलाई कुनै पनि समयमा अल्ट्रा—स्मूद मोबाइल अनुभव प्रदान गर्दछ। यसको विशाल ५२६० एमएएच ब्याट्रीले गर्दा एक पटक चार्ज गरेर दुई दिने प्रयोग गर्न सकिन्छ। र ईन—बक्स ३० वाट्ट फास्ट चार्जरको साथ, यो नयाँ उपकरणले बिनारुकावट काम र खेलका लागि तपाईंको स्टर्ड् साइडकिकको रूपमा काम गर्दछ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “शाओमीमा हामी नवीनताका लागि नयाँ बेन्चमार्क स्थापना गर्ने र प्रविधिको यथास्थितिमा नवीन परिवर्तन ल्याउँनमा विश्वास गर्छौं। हामी आज सार्वजनिक भएका यी दुबै स्मार्टफोनहरूसँग पनि यही आशा राख्दछौं। मी नोट १० लाइट प्रीमियम डिस्प्ले, भर्सटाइल क्वाड क्यामेरा अनुभव र ३० वाट्ट फास्ट चार्जिंग समर्थन गर्ने एक विशाल ५२६० एमएएच ब्याट्रीका साथ उत्कृष्ट विशेषता र सुलभ मूल्य निर्धारणको एक उत्कृष्ट संयोजन हो।
मी १० को साथ, हामीले नेपालका उपभोक्ताहरूको लागि प्रीमियम स्मार्टफोन अनुभवलाई नयाँ परिभाषित गर्ने लक्ष्य राखेका छौं। यो उपकरण एक ह्यान्डहेल्ड उपकरणमा संभव हुने सबै सीमालाई धकाल्दै स्मार्टफोन डिजाइन र ईन्जिनियरिङ्गको उचाई हो। यसको फ्ल्याशिप ओआईएस इनेबल्ड् १०८ एमपी क्वाड क्यामेरा सेटअप, यूएचडी ८ के भिडियो रेकडिङ्ग र विश्वको सब भन्दा द्रुत ३० वाट्ट वायरलेस चार्जिंगको साथ, हामी आशा गरेका छौं कि हाम्रा प्रयोगकर्ताहरूले मी १० मार्फत यस्तो सम्भावित कन्टेन्ट सिर्जना गर्न सक्दछ जुन पहिले कसोचेको थिएनन्।”
मुल्य र उपलब्धता
मी १० दुईवटा कलर भेरियन्टमा उपलब्ध हुनेछ ट्वीलाइट ग्रे र कोरल ग्रिन ८ जीबी + २५६ जीबी भेरियन्टमा रु ८९,९९९ मुल्यमा उपलब्ध हुनेछ।
मी नोट १० लाइट ६जीबी +१२८ जीबी भेरियन्टमा तीन कलर अप्सनहरुमा उपलब्ध छ मिडनाइट ब्ल्याक, ग्लेसियर ह्वाइट र नेबुला पर्पलमा रु ४४,९९९ मुल्यमा उपलब्ध हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here