स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

Xiaomi 14t Price Drop Nepal
Share It On:

१७ असार, काठमाडौं ।

विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ । लाइका (Leica) सँगको सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामेरा र उच्चस्तरीय फ्ल्यागशिप प्रदर्शन रहेको छ ।

Xiaomi 14t Price Drop Nepal

घटाइएको नयाँ मूल्यले नेपाली प्रविधि प्रेमीहरूलाई अझ सजिलो हुने भएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले भने, “शाओमी १४टी नवीनता र उत्कृष्ट प्रविधिको प्रतीक हो ।

लाइका क्यामेरा र आधुनिक एआई सुविधाले यो फोनलाई नेपाली बजारमा लोकप्रिय बनाइसकेको छ । अहिलेको मूल्य कटौतीले उत्कृष्ट प्रविधिलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धता रहेको छ ।”

मुख्य विशेषताहरूः

लाइका ट्रिपल क्यामेरा  ५०ः एमपी मुख्य, १२ःएमपी अल्ट्रा–वाइड र ५०ःएमपी टेलिफोटो लेन्सबाट प्रोफेशनल फोटो र ४के भिडियो खिच्न सकिने क्षमता । मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर – शक्तिशाली ४ नानोमिटर चिप र एलपीडीडीआर ५एक्स र्‍यामले छिटो र सहज प्रयोग अनुभव दिलाउनेछ ।

१४४ हर्ज एमोलेड डिस्प्ले : ६.६७ इन्चको स्क्रिन, १.५के रिजोल्युसन र एचडिआर१०+ सपोर्ट । स्मार्ट फोटो मोड, दृश्य पहिचान र ब्याट्री बचतका लागि आधुनिक एआई उपकरणसमेत भएको । छोटो समयमा चार्ज र लामो ब्याकअपसहित ६७ वाट हाइपरचार्ज र ५००० मेघाहर्जको ब्याट्री, पानी र धूलो प्रतिरोधी तथा आईपी ६८ प्रमाणित सुरक्षा भएको ।

नयाँ मूल्य (१२ जिबी + ५१२ जिबी) :
अघिल्लो मूल्य : रु. ६४,९९९/— घटाएपछिको नयाँ मूल्य : रु. ५९,९९९/—

शाओमी १४टी स्मार्टफोन नेपालभरका शाओमी स्टोर र आधिकारिक खुद्रा पसलहरूबाट खरिद गर्न सकिन्छ ।

उच्चस्तरीय क्यामेरा, शक्तिशाली प्रदर्शन र किफायती मूल्यका कारण शाओमी १४टी स्मार्टफोन उत्कृष्ट बन्न पुगेको छ । यो टाइटन ब्ल्याक, ग्रे र ब्लू तीन आकर्षक रङमा उपलब्ध छ ।

For More:-Xiaomi 14t Price Drop Nepal


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *