World War 4 – Endgames एन्ड्रोइड प्लेटफर्ममा मार्फत सार्वजनिक

World War 4 – Endgames

३ वैशाख २०७७, काठमाडौं ।

एस्ट्रिक टेक्नोलोजी, एक नयाँ उदयमान गेम डेभलपमेन्ट कम्पनीले World War 4 – Endgames, आज एन्ड्रोइड प्लेटफर्ममा Google Play  Store मार्फत सार्वजनिक गरेको छ।

यस गेममा २०३० को समयको परिकल्पना गरिएको छ, जुनबेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ र जहाँ युद्धले मानवता नै हराउने अवस्थामा पुगिसकेको हुन्छ।

त्यस अवस्थामा विश्वमा केबल ८ शक्तिशाली राष्ट्रको परिकल्पना गरिएको छ जसमा अमेरिका, बेलायत, संयुक्त यूरोप, संयुक्त मिडल इस्ट, चीन, भारत, जापान र रुस छन। र उनीहरु प्नि अझै संयुक्त सरकारको लागि लडिरहेका छन्।

गेममा खेलाडीले एक विश्व युद्धमा बाँचेका व्यक्तिको भूमिका निर्वाह गर्नुपर्नेछ जहाँ उसले प्रत्येक ४ घण्टामा एक पटक काम गर्न पाउनेछ, प्रत्येक २ घण्टामा एक पटक तालिम लिन पाउनेछ। गेममा व्यापारी, सेना, श्रमिक र राजनीतिज्ञ गरी ४ करियर मोड उपलब्ध छ। खेलाडिले हरेक ७ दिनमा फरक फरक करियर छनौट गर्न पाउनेछन्।

खेलाडिले कच्चा पदार्थ उत्पादन गर्न, विभिन्न वस्तु उत्पादन गर्न, आयात÷निर्यात गर्न, शेयर बजारमा लगानी गर्न, शक्ति तथा हतियार संकलन गर्ने र अन्ततः सम्पूर्ण विश्वमा आफ्नो मुलुकको प्रभुत्व स्थापना गर्न लड्नु पर्नेछ।

गेमको मुख्य विशेषतास्

∙ प्रत्येक १०० दिनको एक सिजन
∙ विश्वमा प्रभुत्व कायम गर्न समूह व्यवस्थापन र टिम वर्कको विकास: आर्थिक प्रभुत्वको लागि विभिन्न स्रोतहरुको उचित व्यवस्थापन वास्तविक बजार तथ्याङ्कमा आधारित स्टक मार्केट

यो गेम Download गर्ने लिंकस्: Click Here

यो गेममा सिमित समयको लागि $5 मूल्य हाराहारी पर्ने 50 Gold फ्रीमा प्रदान गरिने गेम डेभलपरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here