विधुतीय कारोबार विषयक वेभिनार सम्पन्न

Women In ICT Committee

३ भदौ, २०७७ काठमाडौं

क्यान महासंघ वुमन ईन आई.सी.टी. कमिटी, प्रभ्रू मेनेजमेन्ट र जिल्ला शाखाहरुको  संयुक्त आयोजनामा सहकारी लागि विधुतीय वित्तिय कारोबार विषयक वेभिनार सम्पन्न भयो ।

उक्त अन्तक्रियामा तितेपाती महिला बचत तथा ऋण सहकारी रुपन्देही, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था दोलखा, महिला बचत तथा ऋण सहकारी संस्था सिन्धुपाल्चोक, प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था चितवनका पदाधिकारी सदस्यहरु, क्यान महासंघ केन्द्र प्रदेश तथा जिल्ला शाखा कार्यासमितिहरुको उपस्थिती भएको थियो।

क्यान महासंघका अध्यक्ष नवराज कुँवर, कार्यक्रमका श्रोत व्यक्ति केशव आचार्य र श्रृष्टी पन्त, सहभागी संस्थाहरुको तर्फबाट तितेपाती महिला बचत तथा ऋण सहकारी रुपन्देही अध्यक्ष कमला बस्नेत कुँवर को साथै वुमन ईन आई.सी.टी. कमिटी का संयोजक शिला कार्की लगायतले धाारणा राख्नुभएको थियो । श्रोत ब्यक्तिहरुले सहकारीलाई डिजिटाईजेसनमा लान सके वित्तिय क्षेत्रमा एउटा ठूलो उपलब्धि हुनसक्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here